Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

हनामी पाँचौँ चितवन च्याम्पियनसिपको उपाधि अभिषेक चर्चलाई

चितवन। चितवनको भरतपुरमा सञ्चालन भएको हानामी पाँचौँ चितवन च्याम्पियनसिपको उपाधि नवलपुरको अभिषेक चर्चले उचालेको छ । आज भएको फाईनल खेलमा रजहरको अभिषेक चर्चले भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयको टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

अभिषेक चर्चले उपाधिसँगै नगद तीन लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । घरेलु मैदानमा अभिषेक चर्चसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको प्रहरीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी योनिकले दुई गोल गरेका थिए । उनले दोस्रो हाफको २१ र ३५ मिनेटमा गोल गरेका थिए । प्रतियोगिता सुरु भएको ११औँ मिनेटमा पुलिसका तर्फबाट सन्तोष हेमरुनले एक गोल गरेको भएपनि प्रहरीलाई जिताउन सकेनन् ।

प्रतियोगितामा तेस्रो भएको जु फुटबल क्लब जुगेडीले ५० हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।

सो प्रतियोगितामा अभिषेक चर्च रहजरका खेलाडी अजित गुरुङ म्यान अफ दी सिरिज घोषित हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ बेस्ट मिड फिल्डर, अभिषेक चर्चका मानबहादुर तामाङ बेस्ट डिफेन्स, अभिषेक चर्चका विदेशी खेलाडी योनिक बेस्ट स्कोरर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोर रक्षक घोषित भएका छन् । फरक फरक विधामा उत्कृष्ट भएका चारै जना खेलाडीले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा स्थानीय आठ सहित १६ वटा फुटबल टिमको समभागिता रहेको थियो । एभरेष्ट क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि रहेका थिए ।

खेल क्षेत्रले राष्ट्रिय एकतालाई मजबुत बनाउने दाहालले बताए । ‘फुटबलले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’ दाहालले भने, –‘खेलाडीहरुमा अनुशासन सिकाउनुका साथै राष्ट्र प्रेमका लागि फुटबलले महत्वपूर्ण सन्देश दिने गरेको छ ।’ खेल मार्फत स्वस्थ जीवन, सभ्य समाज, राष्ट्रको एकता, पहिचान र आर्थिक समृद्धिको माध्यम हुन गएकाले हामी सबैले खेललाई प्रोत्साहन गर्न जरुरी रहेको दाहालले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending