Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नदीको किनारामा भेटियो बुवा–छोरीको शव, जुन तस्बिरले रूवायो दुनियाँ

काठमाडौं । सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्बिर सायद तपाईंलाई याद छ होला । समुन्द्रको किनारामा घोप्टो अवस्थामा तैरिरहेको बच्चाको शव देखेर पूरा संसार रोएको थियो । अब चार वर्षपछि अमेरिकाबाट यस्तै तस्बिर सार्वजनिक भएको छ । यो तस्बिरमा एक शरणार्थी पिता र उनको टिसर्टमा बेरिएकी उनकी छोरीको शव छ जसले एकपटक पुनः सोसल मिडियामा तहल्का मच्चाएको छ ।

सेन्ट्रल अमेरिका नजिकै एउटा देश एल साल्भेडरमा बस्ने अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी वलेरियाको यो तस्बिर एक मेक्सिकेली पत्रिकाले छापेको हो । पहिलो पृष्ठमा छापिएको यो तस्बिर मंगलबारको संस्करणमा छापिएको हो जुन बुधबारसम्म संसारभरी फैलियो ।

घाँसै घाँस भएको एक नदी किनारामा अस्करसँग उनकी छोरी टाँस्सिएकी छिन् । यो अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको हो ।

\".\"

पत्रिकाको खबर अनुसार र्यामिरेज पछिल्लो लामो समयदेखि आफ्नो परिवारसँग अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए । तर उनी असफल रहे । यसै कारण उनी तनावमा थिए । उनी अमेरिकामा बस्न चाहन्थे त्यसकारण त्यहाँ शरण मागिरहेका थिए ।

आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि किनारामा बसेर आफ्नी श्रीमतीलाई प्रतिक्षा गरे । तर त्यति नै बेला उनकी छोरी वेलेरिया पानीमा खसिन् । उनलाई बचाउनका लागि उनी पनि हाम फाले ।

छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो । यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् ।

स्मरण रहोस्, सोनोरामको मरुभूमीदेखि रियो ग्रान्डसम्म फैलिएको अमेरिकी–मेक्सिको सीमामा पछिल्लो थुप्रै समयदेखि हज्जारौं शरणार्थी छन् । गत वर्ष यहाँ करिब २८३ शरणार्थीको मृत्यु भएको थियो । एजेन्सी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies