Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

माथिल्लो तामाकोशी आयोजनाः ठाडो सुरुङमा पाइप जडान धमाधम

काठमाडौं । ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ ।

राष्ट्रियरुपमा नै रणनीतिक प्रभाव पार्ने आयोजनालाई समयमै सम्पन्न गर्ने हुटहुटी नेपाल विद्युत् प्राधिकरण र आयोजनालाई रहेको छ । आर्थिकरुपमा मुलुकलाई ठूलो फाइदा हुने आयोजना सम्पन्न गर्न सरकारले सबै प्रकारको साधन तथा स्रोत उपलब्ध गराएको छ तर जटिल काम गर्दा अनेकौ समस्या देखिनु पनि स्वभाविक नै छ र हुन्छ पनि । माथिल्लो तामाकोशी आयोजनामा पनि त्यस्तै भयो । आयोजनाले ठाडो सुरुङमा पाइप जडान गर्ने कार्य शुरु ग¥यो तर धोका दियो क्रेन र डोरीले ।

आगामी चैतसम्म आयोजना सम्पन्न गर्नै पर्ने दबाब एकातिर छ, अर्कोतर्फ उपकरणले समस्या खडा गरिदिन्छ । पाँच मिटर लम्बाइ र ३।६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्नु सामान्य विषय पक्कै होइन । सामान्य कमजोरी हुँदासमेत कामदारको ज्यानसमेत जान सक्छ ।

आयोजनाले सुझबुझपूर्ण निर्णय गरेर, सबै सामग्री जम्मा पारेर सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम धमाधम अगाडि बढेको छ । यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको हो । सोही क्रममा हिजो मङ्गलबारदेखि माथिल्लो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

आयोजनाको जटिल मानिएको दुईवटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ । आयोजनाका अनुसार पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ । “मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ । यसले आयोजनाको सबैभन्दा जटिल मानिएको काम अब सम्पन्न हुने दिशामा अगाडि बढेको छ”, प्रवक्ता न्यौपानेले भने ।

भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्बे इञ्जिनीयरिङले ३१० मिटर लामो ठाडो सुरुङमा दुई दशमलव पाँच मिटर लम्बाइ तथा नौ टन क्षमता भएको पहिलो पाइप सफलतापूर्वक जडान गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । कूल ३५ टन क्षमता भएको विशेष प्रकारको डोरीको सहायताले पाइप जडान शुरु भएको हो ।

आयोजना प्रमुख दिनेशजंग राणालगायतको उपस्थितिमा करीब दुई घण्टा लगाएर जडान गरिएको हो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा यसअघि नै पेनस्टक पाइप जडान शुरु भएको छ ।

पाइप जडान भएपछि त्यसलाई मिलाउने र ढलान गरिनेछ । त्यसपछि अर्को पाइप जडान हुनेछ । पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको कार्यकारी निर्देशक घिसिङले बताए ।

पेनस्टक पाइप जडान असाध्यै गाह्रो थियो । यसअघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो । “त्यसपछि क्रेनले काम गर्ने÷नगर्नेलगायतका अन्योल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्योल हट्दै आयोजना सम्पन्न हुनेतर्फ काम बढेको छ”, उनले भने ।

आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

पछिल्लो व्यवस्थाअनुसार क्रेनले लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रो–मेकानिकल ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकाले नै गरिरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies