Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

महानगर उपमेयर शाहद्वारा नगरसभा अवरोध

चितवन। भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले नगरसभा बैठक अवरोध गरेकी छिन्।आफ्नै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले विषयगत समितिको बाँडफाडबारेको निर्णय समयमा जानकारी नगराएको भन्दै नगरसभा बैठक अवरोध गरेकी हुन्।

विषयगत समितिको बाँडफाडको सहमती गर्न नेकपाबाट वडा नम्वर १० का अध्यक्ष अरुणपिडित भण्डारी र काँग्रेसवाट वडा नम्वर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीको टिम बनाई वोर्ड बैठकवाट जिम्मेवारी दिइएको थियो। प्राप्त जिम्मेवारी अनुसार सो टिमले बिहीबार बिहान बाँडफाँड टुंग्याएको हो। सहमती अनुसार १० वटा विषयगत समिति मध्ये ६ वटा नेकपालाई र ४ वटा नेपाली काँग्रेसलाई दिने गरी सहमती भएको थियो।

नेकपालाई पूर्वाधार विकास समिति, वातावरण समिति, सामाजिक विकास समिति, विद्येयक समिति, जिन्सी समिति र दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति र नेपाली काँग्रेसलाई आर्थिक समिति, लेखा समिति, सुशासन समिति र खेलकुद समिति दिने गरि सहमती भएको हो।

तर, यस सहमतीबारे आफूलाई आफ्नै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष चित्रसेन अधिकारीले समयमै जानकारी नदिएको भन्दै उपमेयर शाहले आज बिहीबारको नगरसभाको अन्तिम दिनको बैठक शुरुवात नै हुन दिएनन्। बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उपमेयरलाई राजी गराउन सभास्थलमा धेरै प्रयास भएपनि सफल हुन सकेको थिएन।

महानगरको महत्वपूर्ण निर्णयबारे आफूलाई समयमा जानकारी नदिएका कारण बैठकमा सहभागी हुन नसकेको उपमेयर शाहले प्रतिक्रिया दिइन्। “आज बिहान १० बजे पछि मलाई फोन गरेर महानगरमा आउन भनियो, म पनि उपमेयर हुँ मेरा पनि आफ्नै जिम्मेवारी छन् भन्ने बितिक्कै म कसरी आउन सक्छु सहमती वा छलफलबारे मलाई किन समयमै जानकारी भएन” उपमेयर शाहले भनिन्।

समयको चापका कारण बेलामा फोन गर्न नसकेकोमा वडाध्यक्ष अधिकारीले आफूबाट कमजोरी भएको बताए। अधिकारीसहित काँग्रेसवाट निर्वाचित वडाध्यक्षहरु उपमेयरलाई कुरा बुझाउन दिनभर लागिपरेका थिए।मेयर रेनु दाहाल, उपमेयर शाहसहित असार ७ गते बसेको महानगरपालिकाको बोर्ड बैठकले नेकपाबाट भण्डारी र काँग्रेसबाट अधिकारीलाई समितिवारे टुंग्याउन जिम्मेवारी दिएको थियो।

तर, आफैँले जिम्मेवारी दिएका आफ्नै पार्टीका वडाअध्यक्षले बेलामा फोन गरेनन् भन्दै सभाको बैठक नै अवरोध गरेकोमा आफू अचम्मित भएको मेयर दाहालले बताइन्। “मैले पनि पटक पटक अनुरोध गरे, उहाँले मान्नुभएन।
लेखा समिति आफूहरुले पाउनुपर्ने माग लिएर बिगतमा उहाँहरुले अडान लिनुभयो।

अहिले त्यो पनि पूरा भएको छ। विनाकारण रिसले नगर सभा बैठक नै रोक्नु त जायज भएन नि।” मेयर दाहालले भनिन्। नीति कार्यक्रम, केही विद्येयक, बजेट पारित गरेर नगरसभा बिहीबार सम्पन्न गर्ने कार्यसूची रहेको थियो। अब कसरी अगाडी बढ्नेबारे छलफल भइरहेको मेयर दाहालले बताइन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: