Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

काममा फर्कन धुर्मुस सुन्तलीलाई सरोकारवालाकाे आग्रह

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन सरोकारवालाहरुले धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको सभाकक्षमा बुधबार सम्पन्न रंगशाला निर्माण सहयोग समितिको बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको मात्र नभई राष्ट्रकै गौरवको आयोजना भएको भन्दै यसलाई सहयोग रहने बताए । सबैले आआफ्नो स्थानबाट सक्रियताकासाथ लाग्न अनुरोध गर्दै धुर्मुस सुन्तली फाउन्डेसनलाई काम अगाडि बढाउन उनले आग्रह गए ।
प्रदेश सभा सदस्य विजय सुवेदीले रंगशाला सिङ्गो नेपाली जनताको साझा माग भएको भन्दै यो बनिछाड्ने बताए। उनले समस्याहरु हरेक ठाउँमा हुने भन्दै समस्याको समाधान गर्दै अगाडि बढ्न सहयोग समितिलाई आग्रह गरे। चितवन रंगशाला निर्माणको लागि जुरुक्कै उठेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला बन्छ कि बन्दैन भन्ने दोधारमा कोही रहन नहुने भन्दै रंगशाला बनाएरै छाड्ने बताइन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरको मात्र नभई दैशकै गौरवको आयोजना रहेको भन्दै मेयर दाहालले यसलाई सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले रकम समेत छुट्ट्याइसकेको बताउँदै संघ, प्रदेश र अन्य स्थानीय निकायबाट आवश्यक सहयोग हुने बताइन् । जिजी क्षेत्रको सहभागितामा निर्माण हुने रंगशालामा सबैको सहयोग आवश्यक रहेको बताउँदै उनले धुर्मुस सुन्तली फाउन्डेसनलाई काम सुरु गर्न आग्रह गर्दै रकम अभावका कारण रंगशाला निर्माण नरोकिने समेत बताइन् ।
मूल सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सभा सदस्यहरु घनश्याम दाहाल, कृष्ण भुर्तेल, नेपाल उद्योग वाणिज्य महासंघका डा. तिलचन्द्र भट्टराई, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल लगायत सहभागी थिए । बैठकले फाउन्डेसनलाई काममा फर्कन आह्वान गर्ने लगायतका निर्णय गरेको छ । 

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy