Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

दिल्ली पुर्‍याएर २६ लाख लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

काठमाडौं । एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।

चारैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारका साथै ठगी मुद्दामा कारबाही अघि बढाइएको ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० गोविन्द थपलियाले बताए । विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोक्कालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए । उनले आफ्ना दाइ हरि बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै मोबाइल नम्बर दिएका थिए ।

क्यानडामा रहेका भनिएका बरालले धेरै खर्च नलाग्ने र आफन्तहरूसँगै क्यानडा आउन भनेपछि रोक्का प्रहरी जवान कार्कीसँग २२ माघमा दिल्ली उडेका थिए । कार्की बरालकै आफन्त भएकाले बाटोमा समस्या नहुने रोक्काको विश्वास थियो ।

दिल्ली पुगेपछि उनलाई २४ हजार डलर भए क्यानडाको स्थायी कार्ड मिल्ने, नत्र जान नमिल्ने भनियो । रोक्का जसरी पनि क्यानडा जान चाहन्थे । उनले पैसा जम्मा गर्न परिवार र आफन्तलाई लगाए । छोराको क्यानडा जाने सपना पूरा गर्न तीन दिनमै उनका बुबा टीकाप्रसादले २४ हजार डलर तयार पारे । देवेन्द्रका बुबा र मामा पैसा लिएर २९ माघमा दिल्ली पुगे ।

उनीहरूलाई लिन विमानस्थलमा सो गिरोहका व्यक्ति पुगेका थिए । बाटोमै पैसा देखाउन भने पनि उनीहरूले मानेनन् । गुँडगाउँको होटेलमा लगेर राखे । होटेलमा पुगेलगत्तै उनीहरूलाई विभिन्न खानेकुरा खान दिइयो । तर, शंका लागेर उनीहरूले खाएनन् । पछि चिया पिएपछि उनीहरू बेहोस भएका थिए । चियामा बेहोस हुने पदार्थ मिसाइएको थियो ।

देवेन्द्रलाई भने सोही दिन क्यानडाको उडान रहेको भन्दै विमानस्थल पठाइएको थियो । विमानस्थलमा एक व्यक्तिले पासपोर्ट र टिकट दिने भनिएको थियो । बिहान ४ बज्दासमेत कोही नआएपछि उनी होटेल पुगे । जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । तत्काल अस्पताल लगे, तर बुबाको साथको पैसा गायब भइसकेको थियो । पैसा लुटेपछि मिर्गौलासमेत निकाल्ने प्रयास गरिएको उनीहरूको आशंका छ ।

भारतमा रहेको सो गिरोहमा आदित्य नाम गरेका भारतीयसमेत थिए । उनको वास्तविक नाम र ठेगाना अहिलेसम्म खुलेको छैन । आदित्य र हरि बराल गिरोहका मुख्य व्यक्ति भएको प्रहरीको अनुमान छ । ‘लुट्नका लागि उनीहरूले त्यसरी नाटक गरिएको देखिन्छ,’ एसपी थपलिया भन्छन्, ‘गिरोहका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।’ सो गिरोहका हरि बराल क्यानडामा रहेको बताइए पनि उनी अन्य देशमा हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी जवान कार्की बरालका आफन्त भएको खुलेको छ ।

पर्शुरामका चार सहयोगी समातिए
थाइल्यान्डमा बसेर सयौँ नेपालीलाई ठगी गर्ने पर्शुराम गुरुङका चार सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको छ । तीन वर्षको प्रयासपछि नेपाल प्रहरीले गुरुङलाई १० जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनलाई विनिता गुरुङ, चक्रबहादुर गुरुङ, देवी गुरुङ र अभिषेक लिम्बूले सहयोग गरेकोसमेत खुलेको हो । चारैजनालाई पक्राउ गरिएको सिआइबीका एसपी दीपक रेग्मीले बताए ।

आफू क्यानडाको पिआरहोल्डर भएको र सजिलै क्यानडा लैजान सक्ने भन्दै उनले करिब १३ करोड ठगी गरेका थिए । प्रतिव्यक्ति पाँचदेखि २० लाख रुपैयाँसम्म लिएका थिए । त्यसमध्ये कतिपयलाई थाइल्यान्ड पुर्‍याएर अलपत्र बनाएका थिए ।

पाँच वर्षअघि नै उनीविरुद्ध सिआइबीमा उजुरी परेको थियो, तर प्रहरीले पक्राउ गर्न सकेन । फरार रहेकै अवस्थामा थाइल्यान्डबाट उनले ठगीलाई निरन्तरता थिए । धेरैलाई उनले सामाजिक सञ्जालमार्फत अफर लेटर पठाएर विश्वासमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ । ०७२ मै उनको पासपोर्टसमेत रद्द भएको थियो । एक थाई युवतीको संरक्षणमा उनी थाइल्यान्डको ग्रामीण क्षेत्रमा बसेर आफ्ना सहयोगीमार्फत ठगी गर्दै आएका थिए ।

थाई प्रहरीले पक्राउ गरी उनलाई नेपाल पठाएको हो । प्रहरीबाट जोगिन उनले ३० भन्दा धेरै सिमकार्ड प्रयोग गरेका थिए । उनीविरुद्ध धेरैले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । १५ जनाले भने सिआइबीमा उजुरी दिएका छन् । संगठित अपराध मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE