काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अलपत्र अवस्थामा रहेको वन्यजन्तुको आखेटोपहर एक महिनाभित्र व्यवस्थापन गर्न संसदीय समितिले निर्देशन दिएको छ। राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकरी आश्वासन समितिले आखेटोपहर संरक्षण गरी प्रतिवेदन बुझाउन वन मन्त्रालयलाई निर्देशन दिएको हो।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - समिति सभापति रामनारायण बिडारीले नारयणहिटी दरबार संग्रहालयअन्तर्गत फरासखाना, हनुमानढोकाको बेलायती बैठक र सिंहदरबारमा रहेको वन्यजन्तुको ओखेटोपहर व्यवस्थापन गर्न निर्देशन दिएको बताए।
दरबार संग्रहालय क्षेत्रमा पूर्वराजा वीरेन्द्रले वन्यजन्तुको छाला, सिङ, दाँत, प्वाँख, चराको टाउकोलगायत राखेका थिए। जंगलबाट तत्कालीन समयमा सिकार गरी ल्याइएको वन्यजन्तुका आखेटोपहर अहिले काम नलाग्ने अवस्थामा पुगेको संग्रहालयले जनाएको छ।
समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति गठन गरिसकेको छ।
मन्त्रीको पत्र अवैधानिक
वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कम्पनी रजिस्ट्रार कार्यालयलाई पठाएको निर्देशनात्मक पत्र अवैधानिक भएको समितिको ठहर छ। कम्पनीको सेयर खरिद बिक्री प्रक्रियाका विषयमा मन्त्री यादवले कम्पनी रजिस्ट्रारको कार्यालयलाई निजी सचिवालयको लेटरप्याडमा पत्र लेखेर ठाडो आदेश दिएको भन्दै उक्त पत्र प्रचलित कानुन प्रतिकूल भएको समितिले निष्कर्ष निकालेको हो।
यादवलको निजी सचिवालयको लेटरप्याडमा गत असार २७ गते कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भुवनहरि अर्याललाई सम्बोधन गरी कम्पनीको सेयर खरिद बिक्री गर्दा सम्बन्धित दूतावास र अदालतमा सम्बन्धित व्यक्तिले गरेको सनाखतको आधारमा वा कम्पनीको रोहबरमा सनाखद गरेर मात्रै लगत दर्ता गर्न निर्देशन दिएका थिए।
मन्त्री यादवले लेखेको पत्र संवैधानिक एवं कनुनी, प्रत्यायोजित व्यवस्थापन र प्रशासकीय आदेशीय दृष्टिकोणले समेत वैधानिकता नदेखिएको समिति सभापति बिडारीले बताए। ‘यस्ता कार्यले कानुनी शासनको अवधारणलाई निस्क्रिय पार्छ। अराजकता निम्त्याउँछ’, उनले भने, ‘तसर्थ प्रचलित कानुनको अधिनमा रही वा कानुनको संशोधन गरी समस्या समाधान गर्न निर्देशन दिने निर्णय भएको छ।’
यसअघि मन्त्री यादवले समिति बैठकमा आफूले गलत काम नगरेको भन्दै अडान लिएपछि समितिलाई निर्णय गर्न समस्या भएको थियो।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: