ललितपुर । ललितपुरमा मानवअधिकार उल्लङ्घनका घटना दिनानुदिन बढ्दै गएको छ । ललितपुरमा सुगमभन्दा बढी विकट क्षेत्र रहँदा सचेतना अभावका कारण यस्ता घटना बढ्दै गएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले बिहीबार आयोजना गरेको ‘ललितपुरमा मानवअधिकारको अवस्था’ विषयक कार्यक्रमा सहभागीले यस कुराको जानकारी गराएका हुन् । इन्सेक प्रदेश नं ३ का प्रलेख अधिकृत ज्योति शर्माका अनुसार सन् २०१७ भित्र मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ६४ महिला र सात पुरुष गरी ७१ जना पीडित भएका थिए ।
उनले भने, “सन् २०१८ मा ४९ महिला र पाँच पुरुष गरी ५४ व्यक्ति ललितपुरमा पीडित भएका थिए ।” सो वर्ष कुटपिटबाट एक, पक्राउबाट दुई र धम्कीबाट एक पुरुष पीडित भएका थिए भने जातीय भेदभावबाट एक र हत्याबाट एक महिला पीडित भएको बताइएको छ ।
सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्मको छ महीनाको समीक्षा अवधिसम्म इन्सेक ललितपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार बलात्कारका २८, यौन दुव्र्यवहारका पाँच, कर्तव्य ज्यानका २१, ज्यान मार्ने उद्योगका सात, मानव बेचबिखन तथा ओसारप्रसारको एक र राज्यविरुद्धको अपराधका चार गरी ६६ वटा जघन्य अपराधका घटना जिल्ला अदालत ललितपुरमा दर्ता भएका छन् ।
त्यसैगरी, ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले अनुसार बहुविवाह नौ र सम्बन्धबिच्छेदका २३८ गरी २४७ मुद्दा दर्ता भएको जानकारी दिए । महानगरीय प्रहरी परिसर जावलाखेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इञ्चार्ज शान्ता वाइवाले ललितपुरमा एक हजार ३०० प्रहरी कार्यरत रहेको जानकारी दिए ।
वाइवाले भने, “३०० प्रहरी बिदा र बिरामीका कारणले अनुपस्थित हुन्छन् भने बाँकी एक हजार कार्य क्षेत्रमा खटिएका हुन्छन्, अनि कसरी ललितपुरको दुर्गम क्षेत्रमा गएर तत्काल समस्या समाधान गर्न सकिन्छ रु”
महिला अधिकारकर्मी रोशनी कार्माचार्यले ललितपुरमा मानवअधिकारको सुरक्षा अवस्था फितलो भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकाराम दाहालका अनुसार दैनिक सरसफाइमा काम गर्ने श्रमिकलाई समाजले फोहरमैला आयो भन्नेजस्ता नकारात्मक शब्द प्रयोग गर्दा उनीहरुको अधिकार कुण्ठित भएको बताए ।
मानवअधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीका अनुसार समाजमा सामाजिक सद्भाव र एकताका लागि नैतिक शिक्षाको थप प्रभावकारितामा जोड दिनुपर्ने बताए। इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले ललितपुरका सार्वजनिक निकायले आफ्ना गतिविधिको कमीकमजोरी सुधार गर्दै सञ्चारमैत्री वातावरण सिर्जना गर्नुपर्ने खाँचो औँल्याए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: