काठमाडौं । ब्याट्सम्यानहरूको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मलेशियाविरुद्ध भएको अन्तर्राष्ट्रिय टी-२० शृङ्खला छ रनले जितेको छ।
मलेशियाको किनरारा मैदानमा पहिलो ब्याटिङ गर्दै नेपालले १७३ रनको लक्ष्य आयोजक टोलीलाई दिएको थियो। तर मलेसिया १६७ रनमै समेटिन पुग्यो।
यो जितसँगै नेपालले मलेसियाविरुद्ध खेलिएका दुवै टी २० खेल जित्दै शृङ्खला क्लीन स्वीप गर्ने इतिहास पनि रचेको छ।
शनिवार भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी थियो।
एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो टी २० शृङ्खला यूएईविरुद्ध खेलेको थियो। सो शृङ्खला नेपाले २-१ ले आफ्नो पक्षमा पारेको थियो।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालको इनिङमा विनोद भण्डारी, शरद भेषावकर र कप्तान पारस खड्काको विस्फोटक ब्याटिङ गरे।
सुरुवात कप्तान खड्काले गरेका थिए। अघिल्लो दिन ८६ रनको अविजित पारी खेलेका ओपनर खड्काले दुई छक्का र त्यतिवटै चौका प्रहार गर्दै २३ रन बनाए।
उनी आउट भएपछि मध्यक्रमका भरपर्दा शरद भेषावकरले इनिङ सम्हाल्दै चार चौका र दुई छक्का प्रहार गर्दै ४० रन जोडे।
इनिङको समाप्ती भने विनोद भण्डारीको ब्याटबाट भयो। निकै आक्रामक देखिएका भण्डारीले २५ बलमा अविजित ५१ रन जोडे। उनले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए।
इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आफ्नो अर्धशतक पूरा गरेका हुन्।
उपकप्तान ज्ञानेन्द्र मल्ल (सात रन) र कप्तान पारस पाँचौ ओभरको दोस्रो र तेस्रो बलमा लगातार आउट भएका थिए।
प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले १०, र आउट हुँदा मध्यक्रमका रोहित पौडेलले १९ रन जोडेका थिए। करण केसीले १० बलमा १६ रन बनाए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: