Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विषादी प्रकरण र नेपाली मानसिकता

भारतबाट नेपालमा आउने फलफुल र तरकारीको विषादी चेकजाँच गर्ने निर्णय इतिहासमै पहिलो पटक सरकारले गरेपछि र सो प्रयोजनका लागि प्राविधिक क्षमताको तत्काल व्यवस्था गर्न नसकिएकोले केही समयका लागि यो निर्णय स्थगित गर्ने निर्णय भएपछि देशभर तरङ्ग उत्पन्न भएको छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण पनि यो प्रक्रिया अब कुनै हालतमा उल्टो हिड्न सक्दैन । यो घटनाले जनतामा ल्याएको चेतनाले जनस्वास्थ्यमा सकारात्मक परिणाम दिनेछ ।

सबैलाई थाहा छ—नेपालमा भारतबाट बषौंदेखि विषादीयुक्त फलफूल र तरकारी भित्रिदैं आएको छ । नेपाली युवाको विदेश पलायन, सिचाईं, मलखाद ,प्रविधिको अभावको साथै खेती योग्य उर्वर जमिनमा भएको सहर विस्तारको कारणले नेपालमा चाहेजति उत्पादन हुन नसक्नु यसको मूल कारण हो । विगतका सरकारहरुको गलत नीति पनि यसका लागि कम जिम्मेवार छैन । देशलाई हर क्षेत्रमा आत्मनिर्भर बनाउनुको सट्टा विदेशी शक्ति केन्द्रको प्रभावमा परेर उनीहरुको बजार बनिदिने परम्परा बसाईयो । आफू सत्तामा टिकिरहने विषादीयुक्त मन बोकेर उनैको अगाडि लम्पसार हुने चलन बस्दै आयो ।

अहिलेको सरकारले इतिहासमै पहिलो पटक जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सिमानामा आयातित फलफूल र तररकारीको विषादी चेकजाँच गर्ने क्रान्तिकारी निर्णय गरेको छ । प्राविधिक तयारी हुनासाथ यो निर्णय कार्यान्वयन हुनेछ ।

विगतमा आफू सरकारमा हुँदा चुपचाप जनतालाई विषादीयुक्त तरकारी ख्वाई रहनेहरुलाई यो निर्णयले राम्रो निद्रा दिएको छैन । सरकारले एकपछि अर्को जनपक्षीय काम गरेको सहनु कसरी ?

कसैले जतिसुकै सरकार ढाल्ने हुङ्कार गरे पनि पाँच वर्ष यो सरकार ढल्ने कुरा भएन । संसदमा यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न पनि संविधानतः अझै एक बर्ष कुर्नु पर्ने अवस्था छ । दुई तिहाई जनताको अभिमतबाट बनेको सरकारले देश र जनताको हितलाई शिरमा राखेर काम गर्ने हो, केही निहित स्वार्थ भएका मानिसको आधारहीन आलोचना र विरोधबाट डग्मगाउने होइन ।

मनमा विष बोकेपछि सबैतिर विषैविष देखिन्छ सायद । हृदयमा पूर्वाग्रहको कमलपित्तले छोएपछि सबै पहेंलै देखिन्छ शायद ।

होइन भने, प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभर प्रभावकारी काम गरिरहेको छ, देशभित्रै लाखौं रोजगारी सिर्जना भएको छ,पेट्रोलियम पदार्थ भित्राउन पाईपलाईन अन्तिम चरणमा छ, भ्रष्टाचारमा कमी आएको छ, वार्षिक वृद्धिदरमा एतिहासिक रुपमा बढोत्तरी भएको छ, अन्तराष्ट्रिय सम्बन्ध सुमधुर भएको छ, राष्ट्रव्यापी सानाठूला भौतिक पूर्वाधार विकास जारी छ, राज्यबाट जनताले हिजोभन्दा बढी सेवा सुविधा पाएका छन्, कहाली लाग्दो लोडसेडिेङको सदाको लागि अन्त्य भएको छ । राष्ट्रिय अखण्डता मजबुत भएको छ, यो सबै देख्ने कि नदेख्ने ? कलुषित भावना नहुने हो भने त सरकारले गरेका यी काम त घामजस्तै छर्लङ्ग छैनन् र ?

सत प्रतिसत साक्षर हुन लागेका नेपाली मतदाताले देशमा अस्तित्वमा रहेका राजनीतिक पार्टी र तिनका नेतालाई पर्गेलेरै मतदान गरेका हुन् । कसैको षणयन्त्र, जादु चटक वा खरिद विक्रीबाट नेकपालाई यत्रो अभिमत प्राप्त भएको होइन । साठी बर्ष नेकपाले गरेको अनवरत संघर्ष, त्याग, तपस्या र वलिदानलाई सचेत जनताले मुल्याङ्कन गरेरै दिएको अभिमत हो ।

हो, पार्टी एकतामा भएको अलमलले राज्य सञ्चालनमा पार्टीको शक्ति पूर्णरुपेण परिचालन हुन सकेको छैन । पार्टीबाट प्राप्त हुने विभागीय पृष्टपोषण चाहेर पनि अहिले यो सरकारले प्राप्त गर्न सक्दैन । प्रदेश र स्थानीय सरकारको पनि हालत त्यही छ । पार्टी पूर्ण रुपेण सञ्चालन हुन नसक्दा सबै तहका सरकार सञ्चालनमा कहीं न कहीं समस्या परेकै छ ।

पार्टीका किला कब्जा खुकुलो भएको मौका छोपी सरकार र पार्टी दुवैलाई चौतर्फी आक्रमण गरिदैछ । घोर दक्षिणपन्थी र घोर उग्रपन्थी मन—विषादी एकत्रित गरिदैछ । कम्युनिष्टविरोधी अन्तराष्ट्रिय शक्ति नेकपामा विखण्डन गराउने र अस्थिरताको निरन्तरताको घोर हेरेर बसेकै छ ।

नि : सन्देह, आयातित फलफूल र तरकारीको विषादी त सरकारले नियन्त्रण गर्छ नै, यसबाट ऊ पछि हट्न सक्ने कारण अवस्था दुवै छैन । तर देशको स्थीरता देख्न नचाहने, देशको समृद्धि र अग्रगति देख्न नचाहने राजनीतिक र कूटनीतिक विषादी हटाउन सानातिना कसरतले पुग्दैन । एक पछि अर्को सफलता प्राप्त गर्दैगर्दा यो सफलता पनि नेपाली जनताले प्राप्त गरिछाड्नेछन् ।

समाजका हरेक क्षेत्रमा परम्परादेखि आएका यी बेथितिलाई हेर्दा नेपाल एक सवल,सक्षम, आत्मनिर्भर र सार्वभौम राष्ट्र बन्न निकै मेहनत गर्नु पर्ने देखिन्छ । सबभन्दा सजिलो आलोचना गरिदिएर मात्र पुग्दैन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies