Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

यसरी गरेकी हुन्छिन् आमाले संघर्ष

सबै कथाले सबैको मन नछुन सक्छ । तर, केही कथाले भने कसैको मन छोएको हुन्छ । सबैका आफ्ना आफ्ना कथा हुन्छन् । कथा नहुने कोपो हुन्छ र? गाउंको ठूले साहुको कथा बेग्लै छ । साने बाहुनको माया लाग्दो छुट्टै छ । हो, यसरी कथाले भिन्न भिन्न पहिचान दिएको हुन्छ ।

कुनै पनि आमालाई बालबच्चा हुर्काउन कति दु:ख कष्ट भयो होला । जन्म दिनुभन्दा पहिले प्रश्रब बेदनाबाट कति छट्पटिनु पर्यो होला । मृत्युबरण गर्न पाए पनि हुन्थ्यो जस्तो लागेको पनि थियो होला । दुधे बच्चालाई पिडिको डिलमा ६ बर्षे दिदीको भरमा जिम्मा लगाउनु पनि धेरै आमाका बाध्यता पनि थिए होलान् ।

मेलापातामा जाँदा झलझली दुधे बच्चाको सम्झना आईनै रहेको थियो होला । च्याँ–च्याँ गरेर रोएको ती आमाको मनमा कति सम्झना थियो होला । आफ्नो मासु काटेर जन्माएको कोखको सन्तानको माया कति कति थियो होला । ती आमाले गरेको दु:ख र सहेको पिडा उनको आफ्नो लागि छँदै थिएन । थियो त केवल तीनै सन्तानको लागि ।

धेरै आमाले यसरी नै संघर्ष गरे । उनीहरुको संघर्षले आज धेरैलाई बनी बनाउ गरेको छ । आमाको दुःखले सुख पाएका धेरै छन् । ऐस आराममा बांचेका छन् । आमाको संघर्षमा रमाउन पाएका छन् । दुःख र पीडाले छुन सकेको छैन । आमाको संघर्षले बाटो देखाई दिएको छ । दिशा निर्देशन गरी दिएको छ । उनीहरुको भबिष्य उज्वल बन्न पुगेको छ ।

एउटा सन्तान हुर्काउन कति समस्या झेल्नु पर्यो होला उनले । पटुकी कसेर जाउलो खुवाएको सम्झना तिनीलाई याद भई नै रहेको होला । आफु नखाएर सन्तानलाई खुवाएको याद पनि गरी रहेकी होलीन् । डाँडा घरेले तथानाम गरेर गाली गरेको अहिले सम्म स्मृतिमै राखेकी होलीन् । दशैंको लागि पालेर राखेको खसी मुखीया बाले घिसारेर लगेको दृश्य पनि ताजै होला उनको दिमागमा । बारीको डिल र खेतको सांध साहु बाले लपेटेको पनि उनको दिमाग बाट हट्न सकेको छैन होला ।

दशैंको लागि पालेको खसी साहुले दाम्लो काटेर लैजांंदा बच्चा रोएको दृश्यले तिनको मन कति छिया छिया भयो होला उनको । पर्ति जग्गामा घर बनाएको भनी उठीबास गराउने गाउंलेको ब्यबहार पनि उनले सम्झीएकै होलिन् ।मध्यरात सम्मको कडा परिश्रमले उनलाई जति दुख दिए पनि सुखनै ठानीन् होला उनले ।

खान नपाउने सन्तानले के पो लाउन पाउंथे होलान् र ? दशै आउंछ अनि नया नाना लाउने भनी कति चोटी झुक्याउनु पर्यो होला उनले । दशैं गएको पत्तै पाएनन् बच्चाहरुले । दशैं आउंदैछ भन्दा भन्दै दशै सकिएर जांदा कति नरमाईलो लाग्थ्यो होला उनलाई । दशैंमा नयां लुगा दिन नसकेकोमा कति छिया छिया हुन्थ्यो होला उनको मन । रोंगटे पिङ् पनि दुर्लभ थियो उनका बच्चालाई । दशैं मान्छेको लागि आए पनि गाई बस्तु बाख्रालाई आउंदैनथ्यो । कित गाई बाख्रा चराउन जंगल जानु पथ्र्यो । कित घांस काटेर घरमा ल्याउनु पथ्र्यो । यसरी दशैंले खासै उत्साह ल्याउंदैनथ्यो उनलाई ।

आमाले गरेको संघर्ष जति लेखे पनि लेखेर सकिदैन । भनेर पनि सकिदैन । लेख्ने नै हो भने महाभारतभन्दा ठूलो ठेली हुनेछ । पेटभरी खान नपाउने ती आमाको लागि औषधि मूलोको कुरो त धेरै टाढाको हुने भै हाल्यो । एक टेबलेट सिटामोल नपाउने आमाले ठूलो रोग लागेमा कसरी औषधि गर्न सक्थिन् र । कति आमाहरु प्रसब बेदना बाटै ईहलिला समाप्त भयो होला । यद्यपी आफ्नो ज्यानको केही परबाह नगरी जीवनमा संघर्ष गरीनै रहे । अझै पनि संघर्ष गरीनै रहेका छन् । संघर्ष उनीहरुको स्वार्थको लागि होईन । आफ्नै सन्तानको लागि रहेछ । धन्य , ती संघर्षशील आमाहरु ।

आकाश बाट बर्षाको पानी झरेझै शरीर बाट टंटलापुर घाममा पसीना बगाएकी हुन्छिन् । टाउकोमा नाम्लो र ढाडमा गरुंगो भारी कहिले टुट्न पाउदैनथ्यो । जीन्दगीलाई यसरी संघर्षमय बनाई धेरै बसन्त पार गरी सक्दा पनि उनलाई भौतिक सुख कहिल्यै आउन सकेन । जसरी नदी हतार गरेर बगी रहेको हुन्छ । त्यसै गरी ती आमाको जीवन बगि रहेको छ । अबिरल नदीको गतिमा ।

जसरी नदीले आफ्नो दौरानमा झारपात फोहोर मैला बडाएर लगेको हुन्छ, त्यसैगरी ती आमाले पनि जीवनमा आएका अनगिन्ती उकाली ओरालीलाई परबाह गरेकी हुन्नन् । उनले मीठो प्रतिफल खान आफूलाई समर्पित गरेकी थिईनन् । गरेकी थिईन्त आफ्नै सन्तानको लागि । न उनले कसैलाई ठग्न जानीन् । न कसैको चित्त दुखाईन् । न कसैको मन दुखाईन् । खान नपाए पनि आफ्ना बच्चाको लागि जसरी पनि संघर्षै गरेरनै बचाईन् ।

संघर्षले संघर्षकै बाटो देखाउं छ । उनका सन्तानहरुले पनि यहि बाटो अबलम्बन गरेका छन् । सन्तानको संघर्ष देख्दा उनी दंग परेकी हुन्छीन् । परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा ती सबैलाई थाहै छ । बाल बच्चालाई स्याहार्दा, हुर्काउंदा,पढाउंदा को दुःख को कहानी पनित लामै थिए होलान् । जीवनमा उनका कति कहानी बने होलान् । कसलाई पढ्न फुर्सद थियो होला र? कसै कसैले उनको यो दुःखको काहानीलाई स्मरण गरेका पनि थिए होलान् ।

खहरे भीरको उकाली र ओराली त कति गरीन कति उनले ।यद्यपी उनलाई जीवनको अनुभुति हुन सकेन । राम्रो लुगा लगाउने र मिठो खाने कुरा एक कहावत जस्तो थियो उनलाई । ’गरीखान दिएन कर्मैले’ भन्ने कुरा उनीमा लागु भएको थियो । खेतबारीको रक्षा र तिनीहरुको खनी खोस्रनु पनि ती आमाको लागि कति कठिन भयो होला । हली ,गोरु, रोपार, बाउसेहरु नभैकन खेतको काम हुंदै हुंदैनथ्यो । आफूसंग नभएपछि यी चिजबिज जुटाएर खेतीपाती गर्न पनि कति सास्ती भयो होला । आफू संग नभएपछि अरुको भरपर्दा बेलामा खेती गर्न पनि संभव पनि थिएन होला । रुपिया पैसा देख्न नपाउनेको लागि बालबच्चाको लागि लत्ताकपडाको ब्यबस्था गर्न पनि एउटा युद्ध जित्नु सरहनै थियो होला । खाई नखाई २।४ पैसा जोगाएर कुत बुझाउन पनि त्यत्तिकै कठिन थियो होला । अभावमा हुर्काईएका नाना भुनाको पनि कसरी प्रगति हुन सक्थ्यो होला ।अरुका छोराछोरी बिद्यालय जांदा सायद उनका छोराछोरी डोको नाम्लो बोकेर घांस दाउरा गरेका थिए होलान् ।

यो धरतीमा जीउनको लागि मात्र पनि कति कठोर दिनहरुलाई पार गर्नु पर्यो होला । नाना भुनालाई राम्रो शिक्षा दिएर भविष्यलाई उझ्यालो बनाउने ईच्छा उनको लागि केवल सपना मात्र भयो होला । सपनाले कहिले पनि बिपना दिएन उनलाई । रातपरे पछि मात्र घर फर्कने बाध्यताले कहिले छोडेन उनलाई । घर फर्कदा निदाई सकेका साना भुराहरुलाई अरु केही दिन नसके तातो पानीमा पिठो र नुुन मिसाएर खुवाउनु परेका दिनहरु धेरै नै थिए होलान् उनका । माछा मासु दहि दुध त उनलाई आकाशको फल जस्तै थियो । बालबच्चाले चिची पापा खान मन गरे पनि भोली पर्सि भन्दै ती कलीला मुनाहरुलाई कति झुट बोल्नु परेको थियो होला उनलाई ।

गाउँमा कसैको घरमा बिबाह ब्रतबन्ध, पूजा आंजा भयो भने उनका बालबच्चाहरु कति खुशी हुन्थे कति । अरुको घरको चाडबाडले त यति धेरै खुशी हुने बच्चाहरु आफ्नै घरमा कुनै चाडबाड मनाउन सकेको भए खुशीको लहर कस्तो हुन्थ्यो होला ती बालबच्चामा । यस्तो घरको अबस्था देख्दा कति सम्म मन रुंदो हो ती आमाको । अभावमा बालबच्चा हुर्काउनुको बाध्यता आमा बाबु को लागि पिडा हुनेनै भयो ।

आमाको लागि सन्तान भन्दा ठूलो अरु केही हुँदो रहेनछ । हुन पनि हो सन्तानको लागि आमाले यतिसम्म गरेकी हुन्छिन्की आफू मरेर पनि आफ्नो बच्चालाई बचाएकी हुन्छिन् । आमाको बिषयमा अनगिन्ति यस्ता कुरा लेखिएका छन् । हामीहरुलाई थाहैछकि बिद्यालय जान नचाहने साना नानीहरुलाई ती आमाहरुले कति ललाई फुलाई बिद्यालय पुर्याएका हुन्छन् । आफूले नखाई नखाई नानीहरुको लागि खाजाको व्यवस्था गरेका हुन्छन् । तिनीहरुकै लागि १।२ पैसा जम्मा गरेर बिद्यालयको शुल्कको जोहो गरेकी हुन्छिन् । नानीहरु बिरामी भएका बखत उनीको होस गुमेको हुन्छ । कसरी आफ्ना बच्चाको लागि औषधि मूलो गर्ने भन्नेमा उनी लागि परेकीनै हुन्छिन् । आफ्ना नानीहरुको भबिष्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामानै उनको दिमाग मथंगिलिएको हुन्छ ।

हिलो, धुलो, ढुंगा, माटो, झरी, बादल, घाम पानीको कुनै परवाह हुदैनथ्यो ती आमालाई । भुईं हिलोले उनको भित्री मनलाई मैलो बनाउन सक्दैनथ्यो । धुलोले पनि उनलाई कत्तिपनि असर पार्न सक्दैनथ्यो र झरी बादल, घाम, पानी त उनका लागि अभ्यस्तनै थिए । यसता जीवन यापनको कठोर मार्गनै उनको लागि भबिष्यको मार्ग निर्देश थिए । यस प्रकारले संघर्षले नै प्रत्येक मानिसलाई असल बनाउन सिकाउंछ भन्ने हेक्का सबै आमाहरुमा रहेको हुन्छनै ।

जीवनलाई संधै संघर्षमय बनाउन सक्ने अरु कोही नभई प्रत्येक आमानै हुन् । घरको शिक्षक भन्नुनै आमा हुन् ।आमा आफू शिक्षीत नभए पनि आफ्ना नानीहरुलाई शिक्षा दिलाएकी हुन्छिन् । एउटा अशिक्षित आमाले आफ्ना नानीहरुलाई शिक्षित बनाएकी हुन्छिन् तर एउटा शिक्षीत बाबुले आफ्ना सन्तानलाई शिक्षित बनाउन नसकेका थुप्रै उदाहरण पनि छन् । त्यसैले भन्ने गरीन्छ आमानै शिक्षाको मुहान् हुन् ।

पाखुरीमा एक थोपा रगत रहेसम्म ती आमाहरु प्रत्येक पलपल संघर्षनै गरी रहेका हुन्छन् । झिना पाखुरीले सकिनसकि पत्थर फुटाएकै हुन्छन् । कुटो, कोदालो, गैंची चलाएकै हुन्छन् । मेलपाता, घांस, दाउरा भ्याएकै हुन्छन् । एक प्रहर सुतेर पनि भएकै छ उनीहरुलाई । टालेको, फाटेको लुगा लाएर पनि भएकै छ उनीहरुलाई । घरका सबैलाई खुवाएर आफू भोकै हुनुपर्दा पनि केही परवाह छैन ती आमाहरुलाई ।

आमाको रगतबाट आफू बनेको भित्रि ज्ञान ती आमाले बुझेका हुनालेनै यस्ता कठिन संघर्ष गर्न उनीहरुको लागि कुनै आईतबार पर्खि रहनु पर्ने हुंदैन । अनबरत लागिनै रहेका हुन्छन् । आमाको भोगाई बाट कति धेरै शिक्षा लिएका हुन्छन् र तिनै शिक्षा आफ्ना सन्तानका लागि दिएर उझ्याले भविष्य निर्माण गर्न सफल भएका पनि हुन्छन् । अन्ततोगत्वा यसरी देशको भबिष्य निर्माण गर्ने कार्यमा ती आमाहरुकै देन रहेको कुरा हामी कसैले बिर्सनु पनि हुँदैन ।

(लेखक पराजुली नेपाल सरकारका पूर्बउपसचिव हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy