Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

विप्लव समूहसँग निर्णायक वार्ता गर्न नेताहरुको जोड

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग निर्णायक तहमा वार्ता गरी राजनीतिक समस्या स्थायीरुपमा समाधान गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनिहरुले सानो झिल्कोका रुपमा विकास भएको चन्द नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा उत्पन्न हुने भन्दै समयमा नै सरकार गम्भीर भएर वार्ता गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले चन्दसँग गम्भीर र संंवेदनशील भएर सरकारले वार्ताको पहल गर्नुपर्नेमा जोड दिँदै त्यो नभएमा भविष्यमा हिंसा दोहोरिन सक्ने आशङ्का व्यक्त गरे । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले चन्द नेतृत्वको समूहलाई उपेक्षा गर्न नहुने बताउँदै राजनीतिक मुद्दाको समाधान राजनीतिक वार्ताबाट नै गर्न सरकारसँग आग्रह गरे ।

सत्तारुढ नेकपाकै नेता तथा राजनीतिक वार्ता टोलीका पूर्वसंयोजक सोमप्रसाद पाण्डेयले चन्दले सरकारसँग वार्ता गर्ने इच्छा प्रकट नगरेकाले वार्ता हुन नसकेको बताउँदै सो पार्टीलाई सरकारले आधिकारिकरुपमा वार्ताका लागि पत्र नपठाएको जानकारी दिए । उनले चन्दको तल्ला तहका नेतासँग विभिन्न तहमा छलफल भए पनि टेबुलमा बस्ने गर्ने गरी वार्ताको प्रगति नभएको स्पष्ट पारेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending