काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले वार्ताको होहल्ला गरेर विप्लव समुहले लाभ लिन खोजेको बताएका छन् । बिहिबार नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले संविधान मान्छौं र युद्ध छोड्छौं भनेर आए मात्र वार्ता हुने प्रष्ट गरे ।
बास्कोटाले अनुचित, गैरजिम्मेवार र असम्भव कुराहरु गरेर नहुने भन्दै वार्ताको बाहानामा हिंसालाई वैधानिकता प्रदान गर्ने काम सरकारबाट नहुने प्रष्टाए । उनले भने, ‘होहल्ला मच्चाएर प्रचारको लाभ लिने काम हुँदैन् । संविधान मान्छौं, युद्ध छोड्यौं भनेर आए एकै मिनेटमा समस्या सकिन्छ ।’
बास्कोटाले शर्तहरु राखेर वार्ता नहुने बताएका छन् । उनले सर्त राख्ने कुराले शक्ति सञ्चय गर्न खोज्ने रणनीति हुन सक्ने भन्दै सरकार त्यसमा सचेत रहेको प्रष्ट्याए । ‘वार्ताका लागि मान्छे छोड्नुपर्ने भन्ने हुँदैन । ५२ सालदेखि ६२ सालसम्म के भयो ?’ बास्कोटाले भने, ‘वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? फेरि त्यसकै दुस्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’
उनले कमजोर धरातलमा बसेर वार्ता नहुने बताएका छन् । ‘हिंसा गर्ने समुहले वार्ता गर्ने, गन्तव्य बिनाको वार्ता गर्ने भन्ने कुरा हिंसालाई बैधता गराउने कुरा जस्तो मात्रै हुन जान्छ कि जाँदैन ?’ बास्कोटाले भने ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: