काठमाडौं । अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल आफ्नो बुढ्यौली फोटो सार्वजनिक गरेका छन्। फुलेका कपाल र चाउरी परेर बुढ्यौली झल्काएको फोटो फेस एपले बनाइदिएपछि उनको बुढ्यौली झल्काउने फोटोले चर्चा पाइरहेको छ। जुनसुकै उमेर समूहका मानिसहरूले आफ्नो बुढेयौलीपनको झलक फोटो फेस एपले बनाइदिएपछि कलाकारहरू यसमा रमाउन थालेका छन्।
सामाजिक सञ्जालहरू चर्चा पाइरहेको फेस एप च्यालेन्जमा सवै उमेर समूहका मानिसहरू सहभागि हुँदैछन्। फेस एप प्रयोग गरेर सामाजिक सञ्जालमा फोटो राख्ने आफू पहिलो भएको दाबी अभिनेता गिरीले गरेका छन्। ‘फेसबुकमा साथीले वृद्ध अवस्थाको फोटो पठाइदिएपछि उसलाई खुसी पार्न मैले फोटो सार्वजनिक गरेको थिएँ,’ उनले भने, ‘ आफ्नो फोटो हेरेर मख्ख परिरहेको छु।’
फेस एपको फिचरमध्ये सर्वाधिक प्रयोग भएको ‘ओल्ड एज’ मनोरञ्जनको रूपमा संसारभरका कलाकारहरूले प्रयोग गरिरहेका छन्। हाँय कलाकार मनोज गजुरेल ‘ओल्ड एज च्यालेन्ज’ को लागि फोटो राखेका छन्। ‘हाम्रा काका साह्रै पाका छन्। ८० वर्षे तन्नेरी भाका छन्’ भनेर क्याप्सन लेखेर फोटो राखेपछि उनको फोटो सामाजिक संञ्जालमा भाइरल भइरहेको छ। मनोरञ्जनको लागि उनले फेस एप प्रयोग गरेको बताए। ‘यो एप रमाइलो लागेर प्रयोग गरेको असुरक्षित पो रहेछ,’ उनले भने।
अभिनेत्री दिपाश्री निरौलाले फेस एपको प्रयोग गरेर बनाएको फोटो फेसबुकमा राखेकी छिन्। हाँस्य कलाकार केदार प्रसाद घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा दुई वटा फोटो सार्वजनिक गरेका छन्। फोटोको क्याप्सनमा लेखेका छन्, साँच्चिकै बुढो, माग्ने बुढो।’ अभिनेता आयुष्मान देशराज जोशीसम्मले सामाजिक सञ्जालमा आफ्नो बुढो रूप सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुकको ‘माई स्टोरी’ मार्फत आफ्नो बुढ्यौली रूप सार्वजनिक गरेका हुन्। जसमा उनको कपाल र दाह्री सेतो देखिएको छ।
अभिनेत्री सुरक्षा पन्तले फेस एपमा रुचि नभएको र असुरक्षित भएको बताउँछिन्। ‘मलाई यस्तो एपहरू खासै मनपर्दैन्। फेरि यो एप असुरक्षित भएकाले व्यक्तिगत गोप्यताहरू सुरक्षित नहुन सक्छ,’ उनले भनिन्। बलिउड अभिनेता शाहरुख खान, अजुन कपुर, वरुण धवन, सोनाक्षी सिन्हा, आयुष्मान खुराना, नरगिस फाखरी र हुमा कुरेशी लगायतले यो एपको प्रयोग गरेर बनाएको फोटो सामाजिक सञ्जालमा राखेका छन्।
सन् २०१७ मा रसियाले सार्वजनिक गरेको फेस एपको फिचरका कारण चर्चा पाएको हो। वास्तविक उमेरभन्दा तीन गुनासम्म उमेरको अनुहारमा परिवर्तन गर्ने भएकाले ओल्ड एज फिचर बढी प्रयोग भइरहेको छ। फेस एपले तन्नेरी अनुहारलाई वृद्ध, चाउरिएको अनुहारमा परिवर्तन गर्ने भएकाले अधिकांशले यो एप रुचाएको पाइन्छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राम लगायतका यो एपको क्रेज ह्वात्तै बढेको छ। नागरिकबाट
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: