यहाँ हरेक वर्ष बाढी भित्र्याउने अनि करोड ल्याएर हजार बाँड्ने आम्दानीको खेलो चलाइएको छ । यो एउटा आम्दानीको विषय र अर्को राजनीति गर्ने सेन्टिमेन्टको विषय पनि बनेको छ ।तैपनि समस्या ति संरचना होइनन् । समस्या अव्यवस्थित बसोबास हो । समस्या चुरे दोहन हो । समस्या जथाभावी रुख काट्ने तर वृक्षारोपण नगर्ने हो । समस्या खोलानालाको नियमित व्यवस्थापन नुहुनु हो । यो प्राकृतिक समस्या मात्रै नभएर मानव निर्मित प्रकोप पनि हो । यो दुवै देशको साझा समस्या हो । किनकी हिमालको पानी नेपालले मात्रै छेकिराख्ने अवस्था छैन् । र, आएको बाढी नेपालले तटबन्ध बनाएर आफैंतिर रोक्ने वा छेक्ने भन्ने पनि हुँदैन् । प्राकृतिक नियम अनुसार पानीले आफ्नै बाटो लिन्छ । यो दुवै देशको प्राकृतिक र मानवीय साझा समस्या भएको हुनाले त्यहि ढंगबाट समाधान खोजिनु पर्दछ । चाहे नेपालमा डुबानको कारण मानिसहरु समस्यामा परुन या भारतमा यो सबैको चिन्ता अनि चाँसोकाे विषय हो । यो विषयलाई मानवताको कोणबाट हेर्न आवश्यक छ । बाढी नियमित समस्या हो । जसमा जनताको लागि दुःख तर केहि त्यस्तो तप्काका लागि आम्दानीको विषय पनि बनेको छ । जो पात्र राहत र उद्धारको लागि नाटक गर्छन् ती पात्रहरु बाढीभन्दा पहिला बाढिबाट मुक्तिको लागि कुनै व्यवस्थापन गर्दैनन् । हरेकलाई यति लाख दिन्छु, यस्तो घर बनाईदिन्छु भन्नेहरु बाढीभन्दा पहिला बालुवाको कटान जोगाईदिन, तटबन्ध गराउन, वृक्षारोपण गराउन सोंच्दा पनि सोंच्दैन् । तर, यहाँ हरेक वर्ष बाढी भित्र्याउने अनि करोड ल्याएर हजार बाँड्ने आम्दानीको खेलो चलाइएको छ । यो एउटा आम्दानीको विषय र अर्को राजनीति गर्ने सेन्टिमेन्टको विषय पनि बनेको छ । चुनावताका मासु बाँड्नेहरु बाढीका बेला चिउरा पनि बाँड्दैनन् । चुरेमा जथाभावी दोहन, जथाभावी रुख कटानी अनि अव्यविस्थत बसाईले गर्दा पनि बाढीको प्रकोप झनै बढिरहेको छ । (अहिराज मधेश विद् हुन्)
प्रतिकृया लेख्नुहोस्: