Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

अर्थतन्त्रका जानकारहरु भन्छन् - विप्रेषण आयले दीर्घकालसम्म अर्थतन्त्र धान्दैन

काठमाडौं । विप्रेषण आयले देशको अर्थतन्त्र दीर्घकालसम्म सञ्चालन नहुने यथार्थ औँल्याउँदै अर्थतन्त्रका जानकारहरुले कृषि क्षेत्र र उद्यमशीलताको विकासबाटै आर्थिक उन्नयन सम्भव हुने बताएका छन् । सङ्घीयतामा मुलुक प्रवेश गरेको चार वर्षको अवधिमा सामाजिक आर्थिक विकासका दृष्टिले स्थानीय तहलाई संरचनागत रुपमा नै सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

पेट्रोलियम पदार्थको आयात, वस्तुको ढुवानी, स्वदेशी उत्पादनको बजार प्रवद्र्धन र तिनलाई बजारसम्म सहज रुपमा पु¥याउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमा योगदान हुन नसकेको उनीहरुको ठम्याइ छ । भौतिक पूर्वाधारमा गुणस्तरको कमी, त्यसको गुणस्तर निरीक्षणमा इमान्दारी नहुँदा गलत प्रवृत्तिले प्रश्रय पाएको कटु यथार्य औँल्याउँदै उनीहरुले लघु, साना र मझौला उद्योगलाई प्रवद्र्धन गर्दै त्यसमा अधिकभन्दा अधिक महिला सहभागिता जुटाउनुपर्ने अपरिहार्यता पनि औँल्याए ।

मुद्रास्फीतिलाई आठ प्रतिशतभन्दा माथि जान नदिने प्रयास हुन नसक्दा उपभोक्ता मूल्यवृद्धिले सर्वसाधारण थिचिएका यथार्थ प्रस्तुत गर्दै उनीहरुले कृषि क्षेत्रको विकास र आधुनिकीकरणबाट मात्रै नेपालको अर्थतन्त्र उकालो लाग्ने बताए ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दलित, जनजातिलगायत नेपालका विविध जातिलाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरेर कृषि कर्मलाई अघि नबढाएसम्म लक्ष्यित आर्थिक विकास हासिल नहुने बताए । कृषिप्रधान अर्थतन्त्रलाई साना तथा मझौला उद्योगका माध्यमबाटै उजिल्याउन सकिने विचार व्यक्त गर्दै उहाँले संरचनागतरुपमा नै नीतिगत परिवर्तनसँगै तिनलाई कार्यान्वयन गर्न जरुरी भएको बताए । उनले जटिल भू–राजनीतिक परिस्थितिमा रहेको नेपालले भारत र चीनसँगको मूल्य शृङ्खलासँग सामाञ्जस्यता कायम गरी विकासको बाटोमा अग्रसर हुन सक्ने बताए ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले कृषि अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै त्यसमा विदेशी लगानी ल्याउन पनि पछि पर्न हुँदैन भने। उनले राष्ट्रिय पूँजी निर्माण, मितव्ययी कार्यपद्धतिको पैरवी गर्दै प्रधानमन्त्री निवास, मन्त्री निवास, हेलिकप्टर खरिदजस्ता अनुत्पादक क्षेत्रमा अधिक लगानी हुँदा अर्थतन्त्रलाई टेवा नपुग्ने विचार व्यक्त गरे ।

अर्का पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले औद्योगिकीकरणको प्रारम्भिक बिन्दु कृषि क्षेत्र भएकाले कृषिको रुपान्तरणलाई व्यवहारमा नै उतार्नु पर्नेमा जोड दिए। उहाँले सुशासन प्रवद्र्धनका लागि देशका सबै राजनीतिक दलमा आबद्ध व्यक्तिले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने आवश्यका औँल्याए।

त्यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले २२ वटा कुखुरा पाल्नेलाई किसानका रुपमा चित्रित गर्ने केन्द्रीय तथ्याङ्क विभागको परिभाषा परिवर्तन भएको बताउँदै उहाँले नीतिगत रुपमा नै कृषिको विकास र त्यसमा नीतिको अक्षरशः पालना नभएसम्म अर्थतन्त्रमा कृषिको योगदान नगण्य रहने विचार व्यक्त गरे। “करेसाबारी राखेर कृषि कर्म गरेको मानिने छैन्”, उनले भने ।

पूर्वअर्थमन्त्री डा भेषबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकीकृत विकास अध्ययन प्रतिष्ठानको प्रकाशन ‘नेपाल आर्थिक परिदृश्य’ सार्वजनिक गरिएको थियो । परिदृश्यमा कृषि उत्पादन, अविछिन्न विद्युत् प्रवाह, भूकम्पपछिको द्रुत पुनःनिर्माण तथा देशका विभिन्न भागमा भौतिक पूर्वाधार निर्माणका आयोजनाले गति लिएका कारण कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा ६।८१ प्रतिशतको योगदान रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०७४÷७५ मा जिडिपीमा उक्त क्षेत्रका ६।३ प्रतिशत योगदान थियो । गत आवमा कृषि क्षेत्रमा ५।३ प्रतिशत, सेवा क्षेत्रमा ७।९ प्रतिशत र उत्पादन क्षेत्रमा ८।१५ प्रतिशतले वृद्धि भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies