काठमाडौं । सिङ्गापुरमा जारी आइसीसी विश्वकप टी-२० एसिया छनोटमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ।
सिङ्गापुरस्थित इन्डियन एसोसियशन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ पाएको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाई १४१ रन बनाएको थियो। जसलाई नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउदै पूरा गर्यो।
नेपालको जितमा कप्तान पारस खड्काको योगदान महत्त्वपूर्ण रह्यो।
उनले आक्रामक इनिङ खेल्दै ६८ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले।
१४ औँ ओभरको पहिलो बलमा आउट हुनुअगाडि उनले ११ चौका र एक विशाल छक्का प्रहार गरे।
यसअघि नेपाली बलरहरु बसन्त रेग्मी र सन्दीप लामिछानेले ३र३ विकेट लिएका थिए।
जितसँगै नेपाल शीर्ष स्थानमा दौडमा एक कदम नजिक पुगेको छ।
आइतवार हुने सिङ्गापुरविरुद्धको अन्तिम खेलमा अब नेपाल विजयी भए टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ।
ग्लोबल छनोट आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा हुँदैछ।
कुवेतको चुनौती
यसअघि कुवेतले कप्तान मोहम्मद कसिफको अविजित ४९ रनको मदतले १४१ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले विस्फोटक इनिङ खेल्दै ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
नेपालका बलरहरू करण केसी र बसन्त रेग्मीले शुरूवातमा कुवेती ब्याट्सम्यानहरूलाई रन बनाउनबाट रोक्ने काम गरेका थिए।
करणले दोस्रो ओभरमा ओपनर मित भावसारलाई आउट गरेर विकेट लिन शुरू गरे।
छैटौँ ओभरमा बसन्त रेग्मीले खेलमा जम्न थालिसकेका रभिजा सन्दरुवान (१५ रन०)र अदनान इड्रिस (२५ रन) को दुई मुख्य विकेट लिए।
सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १३ रन बनाएका बिलाल ताहिरलाई पारस खड्काद्धारा क्याच आउट गराए भने उस्मान वाहिद र सिराज खानलाई रन जोड्न नदिइ पवेलियन फर्काए।
अविनाश बोहोराले २३ रन बनाएर खेलिरहेका मोहम्मद अस्लमको विकेट लिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: