Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

हेग लगे विश्वकै हिरो हुन्छु : प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग लगिए पनि केही फरक नपर्ने बताएका छन्। सोमबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुलाई हेगमा पु-याएर भए पनि एक दिनको लागि जेलमा हाल्ने षडयन्त्र भइरहेको बताए ।

उनले हेग पुर्याईए झन् आफुँ हिरो भएर निस्कने भन्दै त्यो आफ्नो लागि गर्वको कुरा हुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘मलाई हेग लगेर पनि केही फरक पर्दैन। त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई एकैपटक चिन्छन्।’

हेग पुर्‍याए संसारका जनताले आफूलाई झन् न्यायको पक्षमा भएको थाहा पाउने अध्यक्ष प्रचण्डको भनाई छ । \'संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ, त्यो मेरो लागि गर्वको कुरा हुन्छ’, अध्यक्ष प्रचण्डले भने । उनले परिवर्तन नचाहने तत्वहरुले आफ्नो बारेमा निकै हल्ला गरेको बताए ।

शान्ति प्रक्रियामा नआएको भए लिट्टे बन्ने खतरा
अध्यक्ष प्रचण्डले आफुँहरु शान्ति प्रक्रियामा नआएको भए लिट्टे बन्ने खतरा रहेको औंल्याए । उनले पेरु र फिलिपिन्सको जस्तै नेपालमा पनि घटना हुने स्थिति आएको थियो भनि स्मरण गरेका छन् । ‘यहाँ नआउँदा पेरु र फिलिपिन्समा जे स्थिति भयो, हाम्रो त्यही स्थिति हुनेवाला थियो। लिट्टेको जे भयो, त्यही हुने खतरा थियो’, प्रचण्डले भने ।

विप्लव शान्ति प्रक्रियामा नआए सकिन्ने
अध्यक्ष प्रचण्डले नेत्र विक्रम चन्द ‘विप्लव’ पनि शान्ति प्रक्रियामा नआए सकिने दाबी गरेका छन् । उनले विप्लव समुहले थालेको संघर्ष सफल नहुने पनि दाबी गरे ।

अध्यक्ष प्रचण्डले क्रान्ति दुई/चार जनाले क्रान्ति गरेर नहुने भन्दै विप्लवले बाटो परिवर्तन गरेर शान्ति प्रक्रियामा आउनुको विकल्प नरहेको प्रष्ट पारे । ‘लेनिनले पटकपटक भनेका छन्– क्रान्ति दुईरचार जनालाई रहर लाग्यो, म क्रान्ति गर्छु भनेर हुने चिज होइन। क्रान्ति लाखौं करोडौं जनताको कार्य हो । जनताबिना क्रान्ति हुँदैन।’ अध्यक्ष प्रचण्डले भने ।

उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको तर्फ उनले सचेत गराए। त्यसका लागि नेताहरुलाई बदनाम गर्न लागि परिरहेको उनको आरोप छ।

हेर्नुहोस् भिडियोमा प्रचण्डको सम्बोधन

https://www.youtube.com/watch?v=aOtLyRx7sAk&feature=youtu.be

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending