काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ ।
स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर घटेको भने आठ उपसमूहको शेयर वृद्धि भएको छ । व्यापार ३.२९, उत्पादन १.४, जीवन बीमा ७.२१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ । बैंकिङ २.८५, होटल ५.९९, विकास बैंक ७.३२, जलविद्युत् ३.१९, वित्त ०.६५, निर्जीवन बीमा २२.८२, अन्य १.२४ र लघुवित्त १४।७२ अङ्कले बढेको छ ।
कारोवार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर आज शीर्ष स्थानमा रह्यो । सो बैंकको रु तीन करोड १६ लाख ६२ हजार ८२० मा खरीद बिक्री भयो । नेपाल बैंकको रु एक करोड ५६ लाख २३ हजार ६७९, प्रभु बैंकको रु एक कारोड ४२ लाख ६७ हजार ३२७, कृषि विकास बैंकको रु एक करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको रु एक करोड २४ लाख ८५ हजार ६५० मा कारोवार भई शीर्ष स्थानमा रहे ।
युनाइटेड इन्स्योरेन्सका शेयरधानीले ९.९९ प्रतिशतका दरले कमाए । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९.८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.५५ प्रतिशतले कमाए ।
यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६।४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६।४, सिद्धार्थ इन्स्योरेन्स ३।१९, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३।१० र सिन्धु विकास बैंकका शेयरधनीले २।८५ प्रतिशतले गुमाए । स्टकमा आज मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता र देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । त्यसैगरी पूर्णिमा विकास बैंकको दुई लाख ६२ हजार ५१६ कित्ता शेयर लाभांशसमेत स्टकमा सूचीकृत भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: