Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

एसियामा क्षेप्यास्त्र राख्ने तरखरमा अमेरिका

अमेरिका । अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे। अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ (आईएनएफ)सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘हजुर, म थप शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न चाहन्छु।’ उनले सकेसम्म यसै महिना नभए अर्को महिनासम्म क्षेप्यास्त्र तैनाथ गरिसक्ने प्रतिबद्धता व्यक्त गरे। उनले यी क्षेप्यास्त्र तैनाथ गर्ने स्थानका बारेमा थप जानकारी दिएनन्।

अमेरिकी योजनाबाट चीन चिन्तित हुनुपर्ने कुरा नभएको पनि एस्परले बताए। उनले भने, ‘यसबाट हैरान हुनुपर्ने कुनै आवश्यकता छैन। यसबारे आफ्ना धारणा केही महिनादेखि सार्वजनिक गर्दै आएका छौं।’ चीनले विकास गरेका ८० प्रतिशत क्षेप्यास्त्र मध्यम स्तरका भएको पनि उनले बताए।

अमेरिका शुक्रबार आईएनएफ सन्धिबाट पछि हटेको थियो। उक्त सन्धि रूसले नमानेको आरोप अमेरिकाको छ। उक्त सन्धिलाई लिएर अमेरिका र रूसबीच विवाद छ। सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता मिखाइल गोर्बाचोभबीच उक्त सन्धि भएको थियो।

सन्धिबाट फिर्ता भएपछि मध्यम स्तरका क्षेप्यास्त्र प्रयोग गर्न अमेरिका स्वतन्त्र भएको छ। हाल चीनसँग भएका अधिकांश हतियार मध्यम स्तरका मार हान्ने क्षमताका क्षेप्यास्त्र छन्। आईएनएफ सन्धिमा हस्ताक्षर नगरेकाले चीनले यस्ता क्षेप्यास्त्र विकास गर्दै आएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending