लाहौर । पाकिस्तानको सियालकोटमा एक हजार वर्ष पुरानो हिन्दु मन्दिर प्रधानमन्त्री इमरान खानको आदेशमा पहिलो पटक खुल्ला भएको छ । पाकिस्तानी अधिकारीले बताए अनुसार, स्थानीय हिन्दु धर्मालम्बीको मागलाई ध्यानमा राख्दै सरकारले खुल्ला गर्ने आदेश दिएको हो ।
लाहौरबाट सय किलोमिटर दुरीमा रहेको मन्दिर तेज सिंह मन्दिरको नामबाट चर्चित छ । एक हजार वर्षभन्दा पुरानो मन्दिर सरदार तेजा सिंहले निर्माण गराएको सिलालेख पाईन्छ ।
बाबरी विध्वंसको समयमा भएको थियो मन्दिर तोडफोड
पाकिस्तानमा हिन्दु समुदायका धार्मिक स्थल भारत–पाकिस्तान विभाजनपश्चात पहिलो पटक खुल्ला भएका हुन् । भारत–पाकिस्तान विभाजन र त्यससँगै सन् १९९२ मा भएको बाबरी मस्जिद विध्वंसपश्चात पाकिस्तानका मन्दिरमाथि मुश्लिम समुदायका मानिसहरुले आक्रमण गरि क्षति पु-याएका थिए । उनिहरुले खुला रहेका कतिपय मन्दिर सो समयमा बन्द गराएका थिए ।
हिन्दु समुदाय खुसी
अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निर्देशन अनुसार मन्दिर खुलाउने कदम उठाइएको हो । सरकारले मन्दिरको जीर्णोद्धार र संरक्षणको काम पनि चाँडै सुरु गर्ने जनाएको छ । मन्दिर खुल्ला भएसँगै पाकिस्तानका हिन्दु समुदायमा खुसीयाली छाएको छ ।
पाकिस्तानमा हिन्दु समुदाय अल्पसंख्यक समुदायमा पर्दछन् । सरकारी आँकडा अनुसार हाल पाकिस्तानमा ७५ लाख हिन्दु धर्मालम्बी रहेका छन् । तर यस समुदायका मानिसहरु आफुँहरु करिब ९० लाखभन्दा बढि रहेको दाबी गर्छन् ।
७२ वर्षपछि पाकिस्तानमा खुल्यो सिख समुदायको गुरुद्धार
पाकिस्तान सरकारले ७२ वर्षदेखि बन्द रहेको ऐतिहासिक सिख समुदायको गुरुद्धार पनि खुला गरेको छ । सन् १८३४ मा महाराजा रणजीत सिंहले बनाएको गुरुद्धार सन् १९४७ मा भारत–पाकिस्तान विभाजनको बेलादेखि बन्द रहेको थियो । भारत–पाकिस्तान विभाजन हुँदा गुरुद्धार क्षेत्रका सिख समुदाय विस्थापित भएका थिए ।
गुरुद्धार सिख गुरु गुरुनानक देवको ५५० औं जयन्तीको अवसरलाई मध्यनजर गर्दै पाकिस्तानी सरकारले खुल्ला गर्ने निर्णय गरेको हो । यससँगै भारत र पाकिस्तानका सिख श्रद्धालु गुरुद्धारको दर्शन गर्न जान सक्ने जनाइएको छ ।
सिख समुदायका मानिसले प्रार्थना गरे
पन्जाब प्रान्तस्थित झेलममा रहेको गुरुद्धार खुलेको खुसीयालीमा सिख समुदायका मानिसहरुले गुरुद्धार परिसरमा प्रार्थना र कीर्तन गरेका छन् । इवैक्युई ट्रस्ट प्रोपर्टी बोर्ड (ईटीपीबी) के अध्यक्ष डा. आमीर अहमद प्रार्थना कार्यक्रमका मुख्य अथिति थिए । डा. अहमद पाकिस्तानमा अल्पसंख्यक समुदायको धार्मिक स्थलहरुको संरक्षणको बारेमा वकालत गर्छन् । एजेन्सीकाे सहयाेगमा
प्रतिकृया लेख्नुहोस्: