बीबीसी । अमेरिकाको टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारीको घटना भएको छ । यसमा कम्तिमा २० मानिस मारिएको खबर छ ।
स्थानीय अधिकारीका अनुसार टेक्ससको एल पासो क्षत्रस्थित सीएलो विस्ता मलमा गोलीबारी भएको हो । यो स्थान अमेरिका–मेक्सिको सिमानाको केही माइल मात्रै टाढा छ ।
प्राप्त जानकारी अनुसार गोलीबारीका कारण कम्तीमा पनि २२ घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भती गरिएको छ ।
गोलीबारीको संलग्नताको आशंकामा प्रहरीले एक जना श्वेत युवकलाई हिरासतमा लिएको छ । प्रहरीले यो गोलीवारी एउटै व्यक्तिले गरेको जस्तो देखिएको बताएको छ । गोलीवारी भएको मलका सिसिटिभीमा देखिएका तस्विरका आधारमा उक्त युवकलाई पक्राउ गरिएको हो ।
अमेरिकी मिडियाले पक्राउ पर्ने व्यक्तिको नाम २१ वर्षिया प्याट्रिक क्रुसियस बताएको छ । उनी डालास क्षेत्रको बासिन्दा भएको विश्वास गरिएको छ ।
मलमा गोलीबारीको पहिलो खबर स्थानीय समय अनुसार विहान ११ बजे आएको थियो ।
प्रहरीका अनुसार सुरुमा सिएलो विस्ता मल र त्यस नजिकको वाल मार्ट मलमा गोलीबारी भएको भएको रिपोर्ट आएको थियो । तर अन्य स्थानको भने गोलीबारी नभएको अनुसन्धानले देखाएको छ ।
प्रहरी प्रवक्ताका अनुसार, प्रारम्भिक रिपोर्टमा गोलीबारीको लागि एउटा राइफल प्रयोग गरिएको जस्तो देखिएको छ ।
एल पासोका मेयर डी मार्गोले मिडियासँग कुरा गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै भने ,‘ हाम्रो सहरमा पनि यस्तो घटना होला भनेर हामीले सोचेका पनि थिएनौं । मलाई निक्कै दुःख लागेको छ ।’
घटनाप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: