Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आतङ्ककारी आक्रमणको चेतावनीपछि हजारौँ तीर्थालु र पर्यटक कश्मीर छाड्दै

दिल्ली । स्थानीय भारतीय अधिकारीहरूले सुरक्षासम्बन्धी चेतावनी जारी गरेपछि हजारौँको सङ्ख्यामा हिन्दू तीर्थयात्री र पर्यटकले भारत-प्रशासित कश्मीर छाडिरहेका छन्।

भारतीय अधिकारीहरूले अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि आतङ्ककारी आक्रमणको खतरा रहेको चेतावनी दिएका थिए।

अधिकारीहरूले पाकिस्तानद्वारा संरक्षित आतङ्कवादीहरूुले वर्षको एउटा समयमा मात्र जान पाइने प्रसिद्ध तीर्थस्थल अमरनाथतिर गइरहेका तीर्थयात्रीहरूलाई आक्रमण गर्ने योजना बनाएको दाबी गरेका छन्।

भारतले कश्मीरमा सक्रिय सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाउने गरेको छ। त्यसलाई पाकिस्तानले भने अस्वीकार गर्ने गर्छ।

अमरनाथ यात्रा
अमरनाथमा हरेक वर्ष ४५ दिने तीर्थयात्रा हुन्छ। समाचारसंस्था एपीका अनुसार गत जुलाई १ तारिखबाट सुरु भएको उक्त तीर्थयात्राका क्रममा हालसम्म झन्डै तीन लाख जना अमरनाथ पुगिसकेका छन्।

अमरनाथ कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको एउटा गुफा हो।

कश्मीर सरकारले तीर्थयात्रीहरूलाई तत्काल उक्त क्षेत्र छाड्न सल्लाह दिएको छ। त्यसले गर्दा यातायात व्यवस्थापनमा कठीनाइ उत्पन्न भएको छ।

रोएटर्स समाचारसंस्थालाई स्थानीय अधिकारीहरूले बताएअनुसार झन्डै २० हजार भारतीय तीर्थयात्री र पर्यटकहरू एवम् दुई लाख मजदुरहरूले उक्त क्षेत्र छाड्न लागेका छन्।

\'अमरनाथ यात्रीहरूको सुरक्षाका लागि उनीहरूलाई कश्मीर उपत्यकाको यात्रा तत्काल छोट्याउन सल्लाह दिइएको हो, \'कश्मीरका गृहसचिव शलीन काब्राले एउटा वक्तव्यमा भनेका छन्।

हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भारत सरकारले थप १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ।

दुवै देशहरूले दाबी गर्दै आएको कश्मीरका सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले सहायता गरेको आरोप भारतले लामो सयमदेखि लगाउँदै आएको छ।

सशस्त्र विद्रोहीहरूले उक्त क्षेत्रमा हिन्दू तीर्थयात्रीलाई पहिले पनि निसाना बनाएका थिए।

सन् २०१७ मा भएको आक्रमणमा सात जनाको मृत्यु भएको थियो।

प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीहरू अमरनाथको दर्शन गर्न जान्छन् ।शनिवार ब्रिटेन र जर्मनीले उनीहरूका नागरिकलाई कश्मीर भ्रणम नगर्न चेतावनी दिएका छन्।

भारत र पाकिस्तानले दाबी गर्ने गरेको कश्मीरका केही भूभागहरू मात्र उनीहरूको नियन्त्रणमा रहेको छ।

सन् १९४७ मा भारत र पाकिस्तान टुक्रिएपछि दुई देशबीच चार पटकसम्म युद्ध भइसकेको छ।

उनीहरू बीचको द्वन्द्वमा कश्मीरको विषय मुख्य हुने गरेको छ।

गत फेब्रुअरीमा पाकिस्तानमा आधार बनाएको भनिएको एउटा सशस्त्र समूहले गराएको आत्मघाती आक्रमणमा ४० जनाभन्दा बढी भारतीय सैन्य जवानहरू मारिएपछि दुई देशबीच पछिल्लो तनाव सुरु भएको हो।

उक्त घटनापश्चात् भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेको जनाएको थियो भने पाकिस्तानले एउटा भारतीय सैन्य विमान खसालेर त्यसका चालकलाई नियन्त्रणमा लिएको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: