Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरुले उठाएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डा वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने आस्वस्त पारे।

उनले भने, “राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउनु पर्दैन ।”

वार्षिक १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको उल्लेख गर्दै उनले सोचविचार गरेर दुरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको बताए।

अर्थमन्त्री डा वाग्लेले आफूहरु सामाजिक न्यायसहितको उदार अर्थतन्त्रका हिमायती भएको उल्लेख गर्दै यो बजेट सक्नेले नसक्नेलाई दिने सिद्धान्तमा आधारित भएको उल्लेख गरे।

“क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकारले हिम्मत गरेको छ” उनले भने।

अर्थमन्त्री डा वाग्लेले विद्युत् क्षेत्रलाई बजारीकरण र आधुनिकिरण हुने गरी आवश्यक व्यवस्था गरिएको बताए। सुशासनका लागि सरकार निर्मम तरिकाले अघि बढेको उनको भनाइ थियो ।

अर्थतन्त्रलाई जति औपचारिक बनायो अर्थतन्त्रको सुधार त्यति छिटो हुने उनको धारणा थियो ।गरिब र अल्पसङ्ख्यकका नाममा यस अघिका सरकारले ल्याएका लोककल्याणकारी कार्यक्रममा कुनै बजेट कटौती नभएको उनले स्पष्ट पारे।

उक्त प्रस्तावमाथि सांसदहरु खुश्बु ओली, गणेश पराजुली, पुष्पराज कँडेल, गणेशबहादुर विश्वकर्मा, हर्कराज राई, गङ्गालक्ष्मी अवाल, इन्दिरा रानामगर, कृष्णहरि बुढाथोकी, गुरुप्रसाद बरालले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गरेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहाको बालकको मृत्युपछि भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड र हुलाकी सडक अवरुद्ध

सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...

मकवानपुरमा भिरबाट लडेर ४५ वर्षीय थिङको मृत्यु

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...

सांसदका स्वकीय सचिव नियुक्तिको निर्णयविरुद्ध जेनजी नागरिक अभियानको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...

स्वास्थ्य अवस्था जटिल बनेपछि डा केसी सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending