Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

देउवाको रणनीति कति सफल ? कसरी टुङ्गीयो कांग्रेसभित्र 'संरचना' र 'कार्यतालिका' विवाद ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका पहिला कि अन्तरिम संरचना निर्माण पहिला भन्ने बहस टुंग्याएको छ । असार २२ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठक यही एउटा एजेण्डामा केन्द्रित रहेको थियो । एक महिनासम्म बसेको केन्द्रीय समितिको बैठकमा पेश गरिएका १४ वटा एजेण्डामा यी बाहेक अन्य १३ एजेण्डा निष्प्रभावी बनेका थिए ।

शुक्रवार राति अबेरसम्म बसेको हालका र पूर्व पदाधिकारीहरूबीच सहमति गरेर २२ गतेसम्म निर्देशिका ल्याउने म्यान्डेट दिएको छ । \'अब हुने २२ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारीहरूबाट अन्तरिम व्यवस्था र महाधिवेशनको कार्यतालिकाको विषयमा एउटा निर्देशिका आउँछ,\' बैठकमा उपस्थित केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, त्यसपछि त्यही अनुसार अन्तरिम संरचना बनाउने काम अघि बढ्ने निर्णय भएको छ ।\'

शुक्रवार बसेको बैठकमा मङ्सिर मसान्तसम्म अन्तरिम व्यवस्था अनुसार पार्टीको पुनर्संरचना गर्ने सहमति भएको छ । \'१३ औं महाधिवेशनमा क्रियाशील सदस्यताहरूका लागि नवीकरणका लागि नरहरी आचार्यको संयोजकत्वमा रामकृष्ण यादव र रमेश लेखकको एउटा समिति बनेको थियो,\' यादवले भने, \'त्यो समितिले गरेका कामको अभिलेख हेरेर नयाँ सदस्यताका लागि पहल गर्ने सहमति भएको छ ।\'

देउवाको रणनीति सफल : कार्यतालिका ल्याउने बहस यसरी टुंगियो
महाधिवेशनको कार्यतालिका अहिल्यै सार्वजनिक गरेर अघि बढ्नुपर्ने सभापति शेरबहादुर देउवालाई ठूलो दबाब थियो । संस्थापन पक्षले भने संक्रमणकालीन व्यवस्था अनुसार संरचनाहरूको निर्माण गरेपछि महाधिवेशनको तयारी आफैं शुरू हुने भन्दै कार्यतालिका निर्माणमा उदासीनता देखाइरहेको अवस्था थियो ।

पटक-पटकका केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश संस्थापन इतर पक्षका नेताहरूले तत्कालै महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने र सोही कार्यतालिकाअनुसार नै अन्तरिम संरचना निर्माण हुनुपर्ने अडान राखेका थिए । गत बुधवारको बैठकमा सभापति देउवा र वरिष्ठ नेताबीच चर्काचर्की नै भएको थियो ।

देउवाले आफूलाई महाधिवेशन गर्न नचाहेको देखाउन र \'भिलेन\' बनाउन खोजेको भन्दै पौडेलविरुद्ध चर्किएपछि माहोल अशान्त बनेको थियो । संस्थापनइतर पक्षले आफूलाई हरेक कुरामा दबाब सृजना गर्ने मात्र कुरा गरेकोमा देउवाले बैठकमै आपत्ति जनाएका थिए ।

शुक्रवारको बैठकमा अन्तरिम संरचना निर्माण गर्ने विषयमा पदाधिकारीहरूले निर्देशिका बनाउने सहमति भएपछि कांग्रेसभित्र तत्कालका लागि संरचना पहिला कि कार्यतालिका पहिला भन्ने विवाद हल भएको छ ।

महाधिवेशन तयारी पुसदेखि
शुक्रवारको बैठकले मङ्सिर मसान्तसम्म अन्तरिम संरचना निर्माण गरिसक्ने सहमति गरेको छ । आगामी २२ गते बोलाइएको केन्द्रीय समितिमा पदाधिकारीको समितिले अन्तरिम संरचना निर्माणको कार्यविधि तयार गर्नेछ । सोही कार्यविधि अनुसार मङ्सिर मसान्तसम्म अन्तरिम संरचना निर्माण भइसक्नेछन् ।

पार्टी विधान अनुसार महाधिवेशनको एक वर्ष अघि सबै संरचनाको निर्माण भइसकेको हुनुपर्ने छ । देश संघीयतामा गएको २ वर्ष भइसक्दा पनि कांग्रेससँग पुरानै संरचनाहरू छन् । वडा, गाउँपालिका, नगरपालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका संरचनाहरू कांग्रेससँग छैनन् ।

यसअघि भागवण्डाका आधारमा संरचनामा पदाधिकारीहरू राख्ने प्रस्ताव सभापति देउवाले गरेका भएपनि पौडेलपक्षले त्यसलाई इन्कार गरेको थियो । विधानमा उल्लेख भएअनुसार नै संरचना निर्माण गर्ने दबाब सभापतिलाई परेपछि केन्द्रीय समिति बैठकले मङ्सिर मसान्तसम्मको समय संरचना निर्माणका लागि सहमति गरेको हो ।

कांग्रेसले पुससम्म सबै संरचनामा पदाधिकारीको व्यवस्था गर्यो भने त्यसको एक वर्ष अर्थात २०७७ सालको पुस या त्यसपछि मात्र महाधिवेशन गर्न सम्भव हुनेछ । यसरी विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन गर्नुपर्ने उल्लेख गरिएको भएता पनि यसपटक संरचनाको अभावमा थप एक वर्ष लाग्ने भएको हो ।

उसो त कांग्रेसले पहिला पनि प्रत्येक ४ वर्षमा महाधिवेशन गरेको छैन । कांग्रेसको यसअघिको १३ औ महाधिवेशन पनि ५ वर्षमा भएको थियो भने १२ औं, ११ औं, १० औं र ९ औं महाधिवेशन पनि विधान अनुसार प्रत्येक ४ वर्षमा भएका थिएनन् । कतिपय महाधिवेशनका लागि विशेष परिस्थितिका आधारमा ५ वर्षमा पनि थप ६ महिना थपिएको थियो ।

यसपाली पनि ७७ को फागुनमै महाधिवेशन हुने सभापति देउवा निकट मानिने गोपालमान श्रेष्ठले बताइसकेका छन् । श्रेष्ठले भने, \'महाधिवेशन ७७ फागुन मै हुन्छ । त्यही अनुसार तयारी अघि बढ्छ ।\'

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy