काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नियुक्तिमा ढिलाइ भएको छ । हाल अख्तियारमा दुई आयुक्त पद रिक्त छ । प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि आयुक्त नवीनकुमार घिमिरे ४ असोज ०७५ देखि प्रमुख आयुक्त भएकाले एक पद रिक्त भएको हो । त्यस्तै, घुस खाएको आरोप लागेपछि अर्का आयुक्त राजनारायण पाठकले गत ३ फागुनमा राजीनामा दिएका थिए । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको आरोप उनीमाथि लागेको थियो । त्यसैले अर्को पद पनि खाली छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सार्वजनिक पद धारण गरेकाहरूको भ्रष्टाचारजन्य गतिविधिमाथि छानबिन गरी मुद्दा दायर गर्ने संवैधानिक निकाय अख्तियारमा प्रमुख आयुक्त र चार आयुक्त रहने संवैधानिक व्यवस्था छ । तर, हाल अख्तियारमा प्रमुख आयुक्त घिमिरे र आयुक्तद्वय डा। गणेशराज जोशी र डा। सावित्री थापा गुरुङ मात्र कार्यरत छन् ।
संविधानमा प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । मृत्यु वा राजीनामा दिई रिक्त भएको अवस्थामा रिक्त भएको मितिले एक महिनाभित्र पदपूर्ति हुने गरी नियुक्तिका लागि सिफारिस गर्नुपर्छ । तर, अख्तियार आयुक्तको पद रिक्त भएको एक वर्ष पुग्न लाग्दा पनि नियुक्तिको पहल भएको छैन । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्ने व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य हुन्छन् । प्रधानमन्त्रीले चाहेको अवस्थामा परिषद्को बैठक डाक्न सक्छन् ।
मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरी अनुभव र ख्यातिप्राप्त गरेको, ४५ वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको व्यक्ति आयुक्त नियुक्तिका लागि योग्य हुने व्यवस्था संविधानमा छ ।
पोखरामा इन्जिनियर र काठमाडौंमा विश्वविद्यालयका हाकिम घुससहित पक्राउ
सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेललाई अख्तियारले नौ लाख घुससहित पक्राउ गरेको छ । सरकारी निवासभित्रै आर्थिक लेनदेन भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले बिहीबार साँझ छापा हानेको थियो । पोखरेलसँगै इन्जिनियर पवित्रमणि आचार्य र जिएसआर निर्माण सेवाका ठेकेदार ऋषि गौतम पनि पक्राउ परेका छन् । भान्से ऋषिराम शर्मा र चौकीदार सन्देश लम्साल पनि उनीहरूसँगै पक्राउ परेका छन् ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला पौने सात लाख घुससहित पक्राउ परेका छन् । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट पक्राउ गरेको हो । काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै उनले घुस मागेका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: