Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

त्रिशूली नदी त्रासयुक्त बन्दै : ०७३ यता २३८ दुर्घटनामा मृत्यु हुने संख्या १७७

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन्। अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्। कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४र७५ मा १४ वटा गाडी नदीमा खसेका थिए। तिनमा २२ जनाको मृत्यु भयो।

०७५/७६ मा १५ वटा गाडी त्रिशूली खसे भने २६ जनाले ज्यान गुमाए। साउनमा मात्रै चार वटा सवारीसाधन त्रिशूलीमा खसेका छन्। त्यसअघि पनि थुप्रै गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन्। ०७३ असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी घोप्टेभीरबाट दुई सय मिटर त्रिशूलीमा खसेर बेपत्ता भएको थियो। घटनामा चार जनाको मृत्यु भएको थियो। घिमिरेसहित दुई बेपत्ता भए। गोताखोरले पानीको गहिराइमा पुगेर खोज्दा पनि गाडी भेट्न सकेनन्। त्यसको केही दिनअघि मालवाहक ट्रक खसेर नदीमा गायब भएको थियो।

०७३ भदौ १० गते रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो। ०७३ साउनदेखि माघसम्म मात्रै २१ वटा गाडी त्रिशूलीमा खसेको तथ्यांक छ। नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा २०७४ असार ९ गते पहिरो पन्छाउने क्रममा पहिरोले बगाएर त्रिशूलीमा डुबेको प्रहरीको भ्यान बेपत्ता छ। घटनामा प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको थियो।

आव ०७३ देखि अहिलेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा एक सय ४१ सवारी दुर्घटनामा परे। त्यसमा १०३ जनाको मृत्यु भयो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि मौवा खोलासम्म ९७ वटा दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाए। प्रायः मालवाहक ट्रक, ग्यास बुलेट, यात्रुवाहक बस र मोटरसाइकल सडकबाट खसेका छन्।

घुमाउरो सडक र चालकको लापरबाहीका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। रातको समयमा चलेका साधन बढी दुर्घटनामा परेका छन्। प्रहरी प्रतिवेदनअनुसार अधिकांश घटना चालकको लापरबाहीबाट भएको देखिन्छ। तीव्र गति र चालक निदाउने मुख्य कारण हुन्।

सडक र ट्राफिक संकेतअनुसार चालक सजग नहुँदा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्ण ठकुरीले बताए। ‘हामीले बेलाबेलामा चेक गर्दा अधिकांशमा दुई जना चालक हँुदैनन्’, ठकुरीले भने, ‘घटनाक्रम केलाउँदा चालकले सजगता नअपनाउँदा दुर्घटना भएको पाइएको छ।’

लामो दुरीमा चल्ने गाडीमा एकजना मात्रै चालक हुँदा पनि दुर्घटना हुने गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार २५० किलोमिटरभन्दा लामो दुरीमा अनिवार्य दुई जना चालक हुनुपर्छ। तर यो कार्यान्वयन भएको पाइँदैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी भने सडकको अवस्था सुधार नहुँदा दुर्घटना बढेको बताउँछन्। ‘वर्षांैअघिको तुलनामा अहिले चल्ने संख्या तुलना गर्दा आकाशजमिनको फरक छ’, सुवेदीले भने, ‘केही हद चालकको दोष होला तर सडकको क्षमता सुधार नहुँदा पनि समस्या देखिएको छ।’

जलबिरे, घोप्टेभीर, फिस्लिङ, कालीखोला, चेपाङ डाँडा, गाईघाट, रिद्दी खोला बढी दुर्घटना हुने क्षेत्र हुन्। प्रायः घुम्ती र साँघुरो पुलमा दुर्घटना हुने गरेको छ। दुर्घटना न्यूनीकरणका लागि केही वर्षअघि सुरु गरेको रिफ्रेस सेन्टरले निरन्तरता पाउन सकेन। यस क्रममा चालकलाई मुख धुन लगाउने, चिया खुवाएर पठाउने, सवारीको अवस्था र यात्रुको गुनासो सुन्ने गरिन्थ्यो। जनशक्ति, पूर्वाधार र स्थानको अभावले यो स्थगित भएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE