काठमाडौं । सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ। जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरू कडा सजायको भागीदार हुने भएका छन्।
आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। अहिलेसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ।
किर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नुपर्नेछ। उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकतासमेतको अभियोगमा कसुरको गाम्भीर्य र दर्जाबमोजिम जेल चलानसम्मको तयारीमा सैनिक नेतृत्व पुगेको स्रोतले बताएको छ।
जंगीअड्डाले एक सहायक रथीको संयोजकत्वमा समिति बनाई वरिष्ठ अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गरिरहेकोे छ। सैनिक मुख्यालयले केही महिनाअघि मात्र बढुवा भएका एक उपरथी र उपरथीमा बढुवा सिफारिस भएका सहायक रथीको जन्ममिति छानबिन गरिरहेको छ। उच्च सैनिक स्रोतका अनुसार उपरथी पदमा बढुवा पाएका ताराध्वज पाण्डे र सहायक रथी अशोकराज सिग्देलको जन्ममितिबारे छानबिन भइरहेको हो।
पाण्डे र सिग्देलले सैनिक नेतृत्वसम्म पुग्ने आसमा जन्ममिति किर्ते गरेको स्रोेतले बताएको छ। दुवैको विद्यालय तहमा दर्ता र सैनिक अभिलेखमा भएको जन्ममिति फरक–फरक देखिएको छ। रक्षा मन्त्रालय र जंगीअड्डामा उपरथी पाण्डे र सहायक रथी सिग्देलविरुद्ध छुट्टाछुट्टै उजुरी परेको पुष्टि भएको छ।
उपरथी पाण्डे सेनाको हेटौंडास्थित मध्यपृतनाका पृतनापति छन्। सहायक रथी सिग्देल जंगीअड्डामै कार्यरत छन्। पाण्डेको केही महिनाअघि मात्र उपरथी पदमा बढुवा भएको थियो। उपरथीमा बढुवाका लागि एक नम्बरमा सिग्देलको नाम सिफारिस भएको छ। कार्यसम्पादनमा दुवै जना अब्बल ठहरिए पनि जन्ममितिमा किर्तेपछि पदमा बसिरहन दुवै जनालाई अप्ठेरो परेको छ। जंगीअड्डाले पाण्डे र सिग्देलसहित अन्य उच्च अधिकारीलाई छानबिनको दायरामा तानेको स्रोतले बताएको छ।
नागरिकतामा जन्ममिति सच्याई वास्तविक सेवा अवधिभन्दा बढी सेवा गरेको अभियोगमा प्रमुख सेनानी जीवन थापालाई सैनिक अदालतले बर्खास्त गरेको थियो। नक्कली प्रमाणपत्र बुझाएर सेवा प्रवेश गरेका, नागरिकतामा किर्ते गरी जन्ममिति सच्याएका, बढुवा हुन नक्कली प्रमाणपत्र बुझाएका र उमेर नपुगी सेवा प्रवेश गरेका प्रथम श्रेणी र उच्च तहका अधिकारीमाथि जंगीअड्डाले छानबिन गरिहरेको छ। उपरथीमा बढुवा हुन केहीले नक्कली प्रमाणपत्रसमेत पेस गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार बढुवा हुन नक्कली प्रमाणपत्र बुझाउनेमा साधारण सेवा, विविध सेवा र प्राविधि सेवातर्फका कनिष्ठदेखि वरिष्ठ तहका करिब तीन दर्जन छन्।
प्रहरी र निजामतीतर्फ नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग आयोगले छानबिन गर्दै आएको छ। किर्ते गर्ने सैनिकमाथि भने छानबिन नहुने आशंका थियो। यही बेला प्रधानसेनापति थापाले गम्भीर ढंगले छानबिन गर्न निर्देशन दिएका छन्। जंगीअड्डाले किर्ते गर्ने ११ जनालाई कारबाही गरिसकेको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: