Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

साहुको ऋण तिर्न नसक्दा एक गरिबको टहरो भत्काइयो ,परिवारको बिचल्ली

महोत्तरी । विदेश पठाउँदा दिएको ऋण नतिरेको भन्दै महोत्तरीमा एक एजेन्टले गरिब परिवारको घर डोजर लगाएर भत्काइदिएका छन् । सम्पत्तिको नाममा पाँच धुर जग्गामा बनेको फुसको टहरो पनि भत्किएपछि परिवारको वास सडकमा भएको छ ।महोत्तरी भंगहा नगरपालिका–१ कविलासका मोहम्मद शेषको घर अदालतको आदेशमा शनिबार भत्काइएको हो ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - शेषलाई पैसा दिने स्थानीय एजेन्ट बद्री ठाकुरको पक्षमा फैसला दिएको अदालतका अधिकारीहरू आदेश कार्यान्वयन गराउन गाउँमै आएका थिए । अदालतका ६ जना अधिकारीलाई सुरक्षा दिन प्रहरी पनि खटिएको थियो । अदालतका हाकिमहरू, प्रहरी र ऋण दिने साहुका अगाडि शेषकी श्रीमती जहिरा खातुनले हारगुहार गरेकी थिइन् । तर, अदालतको आदेश सर्वमान्य हुने भन्दै टहरो भत्काएर मात्र टोली फर्केको थियो ।

बकरिद पर्वको पूर्वसन्ध्यामा घरबारविहीन भएका खातुन र उनको परिवार बिचल्लीमा छ । नगरपालिकाका मेयरले दिएको त्रिपाल टाँगेर खातुनको परिवार अहिले सडकमै बसेको छ । ‘घर नभत्काउनुस्, तपाईंको पैसा जे–जति छ, सबै तिर्छु । छोरीहरू छन्, कहाँ लिएर जानू भन्दा पनि उनीहरूले मानेनन्,’ खातुनले भनिन्, ‘प्रहरीलाई पनि गुहार गरेँ । तर, उनीहरूले सुनेनन् ।’ उनले आफूहरूको घरमा रहेका अनाज, लत्ताकपडा सबै पुरिएको बताइन् ।

‘सोमबार हाम्रो बकरिद पर्व छ । जसोतसो केही सामान किनेर ल्याएका थियौँ । सबै बर्बाद भयो,’ उनले भनिन्, ‘पर्वको वेला सडकमा आइयो,’ दुई छोरा र चार छोरीका बाबु भने आठ वर्षदेखि वैदेशिक रोजगारमा साउदी अरबमा बस्दै आएका छन् ।

१२ वर्षअघि एजेन्ट ठाकुरले विदेश पठाइदिन्छु भन्दै शेषबाट २० हजार रुपैयाँ लिएका थिए । तर, ठाकुरले शेषलाई चार वर्षसम्म विदेश पठाएनन्, पैसा पनि फिर्ता गरेनन् । दैनिक ज्यालादारी गरेर घर चलाउने शेषले आफ्नो समस्या गाउँसमाजका भद्रभलाद्मीलाई सुनाए । त्यसपछि एजेन्ट ठाकुरले थप ५० हजार रुपैयाँ दिए मात्रै विदेश पठाउने बताए । ‘राम्रो कम्पनीको भिसा हो, महिनाको हजार रियाल कमाइ हुन्छ भन्दै ठाकुरले ५० हजार रुपैयाँ माग्यो,’ खातुन भन्छिन्, ‘विदेश पुगेर कमाएर पठाउँछु भनेपछि ठाकुरले मेरो श्रीमान्लाई विदेश पठाइदिएको हो ।’ तर, शेषले साउदीमा भनेअनुसारको काम पाएनन् ।

उनले मासिक चार सय रियल मात्रै तलब पाए । त्यसपछि उनले ठाकुरसँग गुनासो गरे । तर, ठाकुरले तलब बिस्तारै बढ्छ भनेर टारे । ‘वर्षौँ बित्दा पनि तलब बढेन । थोरै कमाइले घरपरिवार चलाउनै पुग्दैनथ्यो । दुई छोरीको बिहे गर्नुपर्ने थियो, त्यसकारण ठाकुरको पैसा दिन सकेनौँ,’ खातुनले भनिन् ।

शेष विदेश गएको केही दिनमै एजेन्ट ठाकुरले शेषका बुबा अहमद शेषलाई ५० हजारको तमसुक बनाइसकेका थिए । अहमदको ६ वर्षअघि नै मृत्यु भइसकेको छ । त्यही तमसुकको भरमा पैसा असुली गर्न जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरे । उनले मुद्दा जिते पनि । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि खातुनले उच्च अदालत जनकपुरमा निवेदन दिएकी थिइन् । तर, मुद्दा विचाराधीन रहेकै वेला ठाकुरले प्रहरी ल्याएर घर भत्काइदिएको उनले बताइन् । तर, स्थानीय प्रहरीले भने उच्च अदालतबाट पनि ठाकुरकै पक्षमा फैसला भएको बताएको छ ।

इलाका प्रहरी कार्यालय लोहारपट्टीका सई पुरुषोत्तम द्विवेदीले नयाँ पत्रिकासँग भने, ‘उच्च अदालतले पनि घरजग्गा खाली गराउन भनेर आदेश दिएको छ, त्यही कागज बोकेर जिल्ला अदालतका ६ जना प्रतिनिधि आउनुभएको थियो, अदालतकै आदेशअनुसार घर भत्काइएको हो, हामी त अदालतका कर्मचारीको सुरक्षामा मात्र गएका हौँ ।’एजेन्ट ठाकुरले शेषको घर आफूले नभई जिल्ला अदालत महोत्तरी र प्रहरी प्रशासनले भत्काएको दाबी गरे । ‘सात वर्षअघि शेषले मसँग दुई लाख ५० ऋण लिएको थियो, तर पटक–पटक ताकेता गर्दा उनले पैसा दिन मानेन,’ ठाकुरले भने, ‘पछि पैसा असुल गर्न मुद्दा दिएपछि अदालतले घरघडेरी लिलाम गरी पैसा असुल गर्न आदेश दियो ।’ त्यही आदेशले प्रशासनले शेषको घर भत्काएको एजेन्ट ठाकुरले बताए ।

पैसाको विषयलाई लिएर एजेन्ट ठाकुरले आफूलाई वर्षौँसम्म दुव्र्यवहार गरेको खातुनले बताइन् । ६ वर्षअघि श्रीमान् विदेशमै रहेका वेला राति १२ बजे ठाकुरले घरमै आएर आफूलाई जबर्जस्ती गर्न खोजेको उनको आरोप छ । ‘म बालबच्चासहित घरमा सुतिरहेकी थिएँ । ठाकुर रक्सी खाएर घरमै आयो र मलाई जबर्जस्ती गर्न खोज्यो । जसोतसो मैले ज्यान जोगाएँ,’ उनले भनिन्, ‘त्यो राति आफूसँग सम्बन्ध राखे ऋण माफ गरिदिने प्रस्ताव पनि ठाकुरले राखेको थियो ।’

घटनाबारे पञ्चायत पनि बस्यो । ठाकुरले आफू पैसा माग्न गएको र आफ्नो नियत खराब नभएको दाबी गरे । उनले आइन्दा त्यस्तो नगर्ने भनेर माफी पनि मागे । गाउँ–समाजमा ठाकुरले गल्ती स्वीकार गरे पनि विभिन्न बहनामा आफूलाई दुव्र्यवहार गर्न नछोडेको खातुनको भनाइ छ ।

दोषीलाई कारबाही हुनुपर्छ : मेयर सञ्जीवकुमार साह
भंगहा नगरपालिका मेयर सञ्जीवकुमार साहले शेष परिवारमाथि अन्याय भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । ‘यो लेनदेनको मुद्दा मिलाउन मैले पनि पहल गरेको थिएँ,’ उनले भने, ‘तर, एजेन्ट ठाकुरले यो विषयमा समझदारी देखाउन चाहेनन् । अहिले गरिब असहायको घर नै भत्काएछन् । मानवता नै बिर्सेर यो घटना भएको छ । यसका दोषीलाई कारबाही गर्न प्रशासनसँग जोडदार माग गर्छु ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending