काठमाडौं । काठमाडौं महानगरपालिकाले २ सय ५७ वर्ष इतिहास बोकेको यसवर्षको इन्द्रजात्राको अवसरमा ३० भन्दा बढी देशका शहर, नगरपालिका महानगरपालिकाका अध्यक्ष, मेयर, उपमेयर, सचिव लगायतका अधिकारीलाई पहिलोपटक काठमाडौँ उपस्थित गराउने भएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - यसका लागि निम्तो पठाइसकिएको बताउँदै कामनपाका प्रवक्ता ईश्वरमान डंगोलले कला–संस्कृतिको धनी र जात्रा पर्वको शहरको बारेमा जानकारी गराउन इन्द्रजात्रामा बोलाइएको प्रष्ट पारे ।
उनका अनुसार कमनपासँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, अन्तर्राष्ट्रिय संगठन, भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा रहेका अन्तर्राष्ट्रिय शहर र कामपा सदस्य रहेको अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू नेपाल आउनेछन् ।
निम्तो दिएकामध्ये करिब ३० जना पाहुना आउने निश्चित भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख महेश काफ्लेले भने–नेपाल आउने पाहुनालाई टिकटबाहेक खाने चार दिन र पाँच रात बस्ने व्यवस्था महानगरपालिकाले नै गरेको छ । यसको लागि कामपाले २ करोड रुपिया विनियोजन गरेको छ ।’
‘पाहुना बोलाएपछि स्वागत गर्ने र बसाईको व्यवस्था गर्ने जिम्मा हाम्रै भएकोले सबै पाहुनाको सबै व्यवस्था कामपाले गर्न लागेका हौँ’–उनको भनाइ थियो ।
कामपाको नगरपरिषद्को बैठकले इन्द्रजात्रालाई विश्वव्यापी बनाउन महानगरसँग भगिनी सम्बन्ध रहेका संस्था, संगठन र सम्बन्ध कायम गर्ने प्रकृयामा रहेका संस्थाका प्रमुखलाई नेपाल बोलाउने निर्णय गरेको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: