Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

नक्कली आमा बन्‍ने बेलायती महिलाको प्रयास असफल

काठमाडौं । अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा)मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ।

अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो। नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी ९नम्बर ७९२१५९३१४० बनाइदिएको छ। दूतावासले हचुवाका भरमा नेपाली शिशुको राहदानी बनाइदिएपछि उसको भूमिकासमेत शंकास्पद देखिएको अधिकारीहरूले बताए। आवश्यक कागजपत्रै नभई दूतावासले राहदानी बनाइदिएको पाइएको छ।

दूतावासले साउन २७ गतेसम्म ती शिशुलाई बेलायत भित्र्याइसक्नुपर्ने ‘इमरजेन्सी’ राहदानी बनाइदिएको थियो। अनुसन्धान सुरु भइसकेकाले स्मिथले उनलाई तोकिएको मितिमा बेलायत लैजान सकिनन्। त्यसपछि पुनः बेलायती दूतावासले ती शिशुको अर्को राहदानी बनाइदियो। स्रोतका अनुसार दुवै राहदानीमा ती शिशुको नाम भिन्न छ। ती शिशु कसको हो भन्ने खुलेको छैन। स्मिथले ती शिशुलाई आफंैले जन्म दिएको जिकिर गर्दै आएकी थिइन्। उनले हठ नछाडेपछि अध्यागमन विभागले उनको स्वास्थ्य परीक्षण गर्ने निर्णय गर्‍यो।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले ती शिशुलाई स्मिथले जन्माएको कुनै आधार नभेटिएको बताए। पौडेलले भने, ‘हामीले स्मिथको स्वास्थ्य परीक्षण गर्‍यौं। मेडिकल रिपोर्टले नै स्मिथको दाबी गलत साबित गरिदियो।’

विभागले उनलाई परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्वास्थ्य उपचारका लागि पठाएको थियो। सुरुमा आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले इन्कार गर्दै आएकी थिइन्। अनुसन्धानका क्रममा सहयोग नगरे अप्ठ्यारो पर्न सक्ने विभागको चेतावनीपछि स्मिथ स्वास्थ्य परीक्षण गर्न राजी भएकी थिइन्।

स्वास्थ्य परीक्षणका क्रममा स्मिथ ती शिशुको आमा नभएको पुष्टि भएको थियो। त्यसपछि गैरकानुनी ढंगले ती शिशुलाई बेलायत लैजान खाजेको भन्दै अध्यागमन विभागले स्मिथलाई पक्राउ गरेको थियो। बेलायती दूतावासले स्मिथमाथि अनुसन्धान गरेको थाहा पाएपछि उनलाई सहयोग गरिदिन भन्दै विभागमा पत्र पठाएको थियो। अनुसन्धानका क्रममा स्मिथको गम्भीर त्रुटि भेटेपछि उनलाई पक्राउ गरी विभागले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ। प्रहरीले स्मिथविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरेको छ।

‘स्मिथलाई हामीले प्रहरीको जिम्मा लगाएको छौं,’ महानिर्देशक पौडेलले भने। प्रहरीसँगको प्रारम्भिक अनुसन्धानका क्रममा स्मिथले ती शिशु आफ्नी छोरी नभएको स्विकारेको स्रोतले बतायो। यद्यपि स्मिथमाथि प्रहरी अनुसन्धान जारी छ।

स्मिथले महालक्ष्मी नगरपालिकाका रामप्रसाद श्रेष्ठको घरमा ती शिशु जन्माएको भनेकी छिन्। स्मिथले सोही दिन ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा गएर शिशुसहितको स्वास्थ्य परीक्षण गराएकी थिइन्। नगरपालिकाले दिएको जन्म दर्तामा उनै रामप्रसाद श्रेष्ठ ती शिशुको बाबु भएको उल्येख छ। तर स्मिथ र श्रेष्ठ साँच्चिकै पतिपत्नी हुन् भन्नेमा शंका छ। स्मिथ असार १६ गते पहिलोपटक नेपाल आएकी थिइन्। एक साता नेपाल बसेर फर्किएकी उनी पुनः साउन ११ गते आएकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ ले ती शिशुको जन्मदर्ता गरिदिएको छ। जन्मदर्ता प्रमाणपत्रमा आमाको नाम स्मिथ छ। वडाध्यक्ष वासुदेव महर्जनले आफूले नदिने भन्दाभन्दै आफू नभएका बेला सचिवले जन्मदर्ता प्रमाणपत्र दिएको बताएका छन्।

वडा सचिव हितलाल श्रेष्ठले आफूले जन्मदर्ताको प्रमाणपत्र दिनुअघि नै स्मिथले शिशुको राहदानी देखाएपछि सोही आधारमा जन्मदर्ता गरिदिएको बताए। तर स्मिथ र रामप्रसाद श्रेष्ठको विवाह दर्ता छैन। राहदानी बनाउन जन्मदर्तालगायतका आवश्यक कागजपत्र अनिवार्य हुन्छ।

स्रोतका अनुसार महालक्ष्मी नगरपालिका–६ का वडाध्यक्ष र बेलायती महिला स्मिथका नेपाली सहयोगीको संलग्नतामा गैरकानुनी ढंगबाट ती शिशुको जन्म दर्ता भएको हो। महालक्ष्मी नगरपालिकाकाले के प्रमाणको आधारमा अर्कैको बच्चालाई बेलायती महिलाले जन्माएको भनेर जन्म दर्ता गर्‍यो अनुसन्धानको विषय बनेको छ।

केही महिनाअघि नेपालस्थित दक्षिण कोरियाली दूतावासले पोखराका एक बालकको राहदानी बनाइदिएको थियो। कोरियाली दूतावासले आवश्यक अनुसन्धानबिनै ती बालकको राहदानी बनाइदिएको थियो। अध्यागमन विभागले ती बालकलाई दक्षिण कोरिया लैजान रोकेको थियो।

अवैध ढंगले शिशु ओसारपसार गर्ने गिरोहले नेपालस्थित विभिन्न दूतावासलाई विवादमा ल्याउन थालेका छन्। पछिल्लोपटक स्मिथले बेलायती दूतावासलाई विवादमा तानेकी छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE