Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

नक्कली बाबुछोराको नागरिकता खारेज

जाजरकोट । जिल्ला प्रशासन कार्यालयलाई झुक्याउँदै नक्कली बाबुछोरा बनेर लिएको नागरिकता रद्द भएको छ। मंगलबार अन्नपुर्ण पोष्ट दैनिकमा ‘नक्कली बाबुछोरा बनेर नागरिकता’ शीर्षक समाचार प्रकाशन भएपछि नागरिकता रद्द गरिएको हो। नलगाड–२ का चंखे पुनलाई नक्कली बाबु बनाई कमल पुनको नाममा नागरिकता बनाइएको थियो।

आजको अन्न्पुर्ण पोष्ट दैनकिमा खबर छ नागरिकता ऐन र नियमावलीको दफा १२ बमोजिम झुटो विवरण पेश गरी कमलले लिएको नागरिकता रद्ध गरी कारवाहीका लागि प्रहरीलाई निर्देशन दिइएको छ। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नक्कली बाबुछोरा बनेर नागरिकता लिनेदिने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस बिषयमा अनुसन्धान भइरहेको प्रजिअ बस्नेतले बताए। प्रहरीले संलग्नलाई किर्ते, नक्कली जालसाँझीमा समेत मुद्धा चलाउने तयारी गरेको छ।

दाङबाट आफन्त खोज्दै जाजरकोट आएका कमलले आफ्नो थर समेत थाहा नभएको बताए। सानै उमेरमा बुवाको मृत्यु भएको र आमाले समेत दोस्रो विवाह गरेपछि उनी बेवारीसे अवस्थामा जाजरकोट आइपुगेको बयानमा बताएका हुन्। नलगाडका चंखेको घरमा केही बर्ष बसेका उनले नागरिकता भए केही ब्यवसाय गर्न सजिलो हुने भन्दै नक्कली बाबुछोरा बनेर नागरिकता लिएको स्वीकार गरे।

चंखे पुन र कौशिला पुनका एकमात्र सन्तान छोरीको बिहे भइसकेको छ। कमलले धर्मपुत्रको रुपमा घरमा बसेर बुढेसकालको साहारा बन्ने भन्दै चंखेलाई नक्कली बाबु बनाएका थिए। नलगाड–२ का वडाध्यक्ष राकुमार जैसीले चंखे पुनलाई बाबु बनाएर कमललाई नागरिक दिलाउन सिफारिस गरेका थिए।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले १० महिनाअघि २०७५ असोज २६ गते कमललाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका थिए। कमललाई प्रहरी हिरासतमै राखेर केही दिन अनुसन्धान गरिने र अन्य संलग्नलाई आवश्यकताका आधारमा बयानमा बोलाउने प्रहरीले जनाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE