Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

राजधानी र नजिकैका जीर्ण सडक बनाउन सांसदहरुकाे माग

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गरे।

भारतीय एक्जिम बैँकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उनले माग गरे ।

सांसद रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँमा ठेक्का भइसकेका सडक अलपत्र रहेको सुनाउनुहुँदै मेलम्चीले पाइप बिछ्याउन खनेका सडकका कारण जनताले सास्ती खेप्नुपरेको बताए । मेलम्चीको काम छिटो सकेर सडकको काम सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद विमला नेपालीले दलित आयोगमा पदाधिकारी रिक्त रहेको लामो समय हुँदा दलितका मुद्दा ओझेलमा परेको बताए । सांसद भीमसेनदास प्रधानले विश्वविद्यालयमा पदाधिकारीको अवधि सकिन लागेकाले नियुक्ति सम्बन्धमा भइरहेका गतिविधि पारदर्शी बनाई प्राज्ञिक मर्यादा कायम हुने गरी छनोट गर्न ध्यानाकर्षण गराए ।

सांसद महेश बस्नेतले भक्तपुरमा खेलकूद मैदान निर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत गराए । सांसद महेश्वरजङ्ग गहतराजले पत्रकार शालिकराम पुडासैनी आत्महत्याको घटनापछि कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर हुलहुज्जत भइरहेकाले प्रहरीले अनुसन्धान गर्न पाउनुपर्ने विचार राखे ।

सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेको विज्ञापन खारेज गरी अर्को प्रकाशन गर्न माग गर्दै शनिबार भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामलगायतमाथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको घटनाको निन्दा गरे । समावेशी सिद्धान्तका सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयन गर्न उनले माग गरे ।

सांसद मीना सुब्बाले सामुदायिक वन व्यवस्थापन पारदर्शी हुन नसकेको बताउनुहुँदै समुदायले जम्मा गरेको पैसा कहाँ छ भनी प्रश्न राखिन् । सांसद मीना पाण्डेले सर्लाहीमा वन फाँडेर केही स्थानीय तहले सुकुम्बासीका नाममा बस्ती बसाउन लागेको घटना के हो भनी जिज्ञासा राखिन् ।

सांसद मोहन बानियाँले मुगुमा शनिबार आएको बाढीले पानीको मुहानमा क्षति पुगेकाले पीडितलाई राहत दिन माग गरे । सांसद यज्ञराज सुनुवारले पत्रकार शालिकराम पुडासैनी आत्महत्या घटनामा सत्यतथ्य पत्ता लगाई सार्वजनिक हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद यशोदा गुरुङ सुवेदीले लोकसेवा आयोगले त्रुटिपूर्ण विज्ञापन गर्दा सडकमा विरोध भइरहेको र प्रदर्शनकारीमाथि हस्तक्षेप भइरहेको बताइन् । सांसद रङ्गमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध गलत रहेकाले खारेज हुनुपर्ने बताउनुहुँदै वर्षभर कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नहुने विचार राखिन्।

सांसद रामबहादुर विष्टले अछामका अस्पतालमा औषधि र स्वास्थ्यकर्मीसमेत नरहेकाले व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद रामेश्वरराय यादवले साउन २४ गते त्रिशूलीमा खसेका बसका मृतक र अज्ञात अवस्थामा रहेका परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।

सांसद लक्ष्मणलाल कर्णले तराई क्षेत्रमा सर्पदंशले बिरामीको तत्कालै निधन हुने गरेकामा उपचारका लागि एमबिबिएस चिकित्सकको व्यवस्था हुन नसक्दा धेरै जनताले अनाहकमा जीवन गुमाउनु परिरहेकोतर्फ ध्यानाकर्षण गराए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE