पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो । बजेट विनियोजन भएर भवन निर्माण गर्ने बेलामा केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । सङ्घ र प्रदेशको निर्णय बाझिँदा समस्या भएको हो ।
गाउँपालिकाको केन्द्र अहिले वडा नं ४ वहाकीमा रहेको छ । तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणकोलागि विनियोजन गरेको बजेटमा गाउँपालिकाको भवन वहाकीमा नभई इमिचौरमा निर्माण गर्ने भनेपछि विवाद बढेको हो ।
सङ्घीय सरकारले गाउँपालिकाको केन्द्र वहाकी तोकेर सोही ठाउँबाट काम हुँदै आइरहेकामा प्रदेश सरकारले दिएको बजेटसँगै आएको नामले गाउँपालिकाको केन्द्र सार्ने विषयले फेरि महत्व पाएको स्थानीयवासीले बताएका छन् । कतिपय जनप्रतिनिधिले अहिले कायम रहेको वहाकीमा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने बताइरहेका छन् भने कतिपयले इमिचौरमा सारिनु उपयुक्त हुने बताउँदै आएका छन् ।
इमिचौर आसपासका बासिन्दा र जनप्रतिनिधिले अहिले भइरहेको स्थानको केन्द्र अपायक भएको बताउँदै केन्द्र इमिचौरमै सारिनुपर्ने मागलाई तीव्र पारिरहेका छन् । इमिचौर साविक रानीपानी गाविसमा पर्दछ । अहिले केन्द्र रहेको स्थान वहाकी र आसपासका बासिन्दाले केन्द्र सारिन नहुने बताउँदै आएका छन् । प्रदेश सरकारले भवन निर्माणका लागि रु एक करोड विनियोजन गरेपछि गाउँपालिकाको भवन निर्माण हुने पक्का भएको छ ।
जहाँ भवन निर्माण हुन्छ, त्यो नै स्थायी केन्द्र बन्ने भएका कारण इमिचौर र वहाकीका दुई पक्षबीच केन्द्र राख्ने विषयको मुद्दा चर्किएको स्थानीय हरि न्यौपानेले बताए । वडा नं ३ रानीपानीका वडाध्यक्ष रनबहादुर आलेले प्रदेशले ठाउँ तोकेर रकम विनियोजन गरिसकेको अवस्थामा केन्द्र सार्नैपर्ने बाध्यता रहेको बताएका छन् ।
“हामीले गाउँपालिकाको केन्द्र इमिचौर हुनुपर्छ भन्दै बहुमतको निर्णय गरी प्रदेश सरकारका विभिन्न मन्त्रालयमा केन्द्र सारिनुपर्ने माग बुझाएका थियौँ”, उनले भने, “गाउँपालिकामा पनि केन्द्र सार्नुपर्छ भन्ने माग आएको छ, प्रदेश सरकारले पनि बजेटसहित ठाउँ तोकेको छ ।”
गत शुक्रबार जनप्रतिनिधिसहित इमिचौर आसपासका स्थानीयवासी केन्द्र सार्नुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेका थिए । केन्द्र सार्ने विषयमा गाउँपालिका प्रमुख कमलप्रसाद भुसालसँग छलफल भएको भए पनि केन्द्र सार्ने विषयमा उदासीन बन्दै बेवास्ता गरेको वडाध्यक्ष आलेले बताए ।
बहुमतको सङ्ख्यामा गाउँपालिकाको केन्द्रमा पुगेका जनप्रतिनिधि र स्थानीयवासीको कुरा नसुनी गाउँपालिका प्रमुख भुसालले तोक लगाउन अस्वीकार गरेर भवनका लागि आएको बजेट फ्रिज गराउने अवस्था उत्पन्न गराएको उनको भनाइ छ । विहादी–२ का वडाध्यक्ष ओमप्रसाद कुँवरसहित सबै वडा सदस्य, कार्यपालिका सदस्य, वडा नं ३ का सबै सदस्य, वडा नं १ का प्रतिनिधि इमिचौरमा केन्द्र सानुपर्ने अडानमा छन् ।
गाउँपालिका प्रमुख भुसाल भने सङ्घीय सरकारले तोकेको वहाकीनै केन्द्र बन्नुपर्ने भन्ने अडानमा रहेका छन् । गाउँपालिकाको निर्माणका लागि वहाकीमा जगा किन्ने कामसमेत भइसकेका कारण केन्द्र सार्ने कुरा अनपयुक्त भएको उनको तर्क छ । उनले सकेसम्म सबैको सहमति गराएर साविककै ठाउँमा भवन निर्माण गरिने बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: