Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

वाध्यात्मक परिस्थितिको कारण मापदण्ड कार्यान्वयन नभएकाे हो

काठमाडाैं । ‘एक व्यक्ति एक पद’ सिद्धान्तत राम्रो कुरा हो । कमरेड माधव या कमरेड वामदेवले जसले उठाएपनि एकजनाले एउटा मुख्य जिम्मेवारी लिउँ भन्ने विषय उपयुक्त हुन्छ । कसैलाई जिम्मेवारी पनि पुरा गर्न नसक्ने गरि ३/४ वटा जिम्मेवारी दिने अनि कोही जिम्मेवारी विहिन हुने कुरा कम्युनिष्ट पार्टीमा हुनुहुन्न । कमिटिमा आईसकेपछि व्यक्तिको रुचि, योग्यता, क्षमता र चाहनालाई ध्यान दिएर उसले जिम्मेवारी पाउनुपर्छ । यो सिद्धान्तत ठिक विषय हो । तर, यहाँ पार्टीमा आफ्नो अनुकुलता भयो भने प्रश्न उठाउन छोडिदिने, आफ्नो अनुकुलतामा भएन, आफ्नो नजिकको कहिँ कतै परेन भने फेरि त्यहि कुरा उठाउने कुरा राम्रो संकेत होइन् । जे कुरा सिद्धान्तमा उठेका छन् आफ्नो नजिकको होस् या कसैसित नजिकको होस् सबैको हकमा यो कुरा लागु हुनुपर्छ । कमरेड माधव जीले कमिटिमा छलफलको लागि राख्ने कुरा जायज नै छ । बाहिर राख्न हुँदैन् । कम्युनिष्ट पार्टीले बनाएको प्रचलित विधान नियमअनुसार आफ्नो मत, दृष्टिकोण र उद्देश्यहरु कमिटिमा राख्ने प्रचलित कुरा नै हो । तर अहिलेको परिस्थिति अनुसार निर्णय भईसकेको कुरालाई कार्यान्वयनमा लैजाने र मत राख्न ओपन हिसाबले छोड्ने कुरा उपयुक्त हुन्छ । कतिपयले भूमिका नपाउने कुरालाई अहिले पार्टी भित्र बनेको ब्याध्यात्मक अवस्थाले यसो भएको भन्ने लाग्छ । सकेसम्म कमिटिले गरेका निर्णयको स्वामित्व लिने, कार्यान्वयन गर्ने र सामुहिकतामा स्वीकार गर्ने कुरा सिद्धान्तत र संगठन प्रणालीको हिसाबले हामीले स्वीकार गर्दै आएको चरित्र पनि हो । दुई पार्टीको एकताको सन्दर्भमा हामीले दुई अध्यक्षको व्यवस्था गर्यौं । दुई अध्यक्षको बीचमा आवश्यक सुझावसहित सहमति गरेर कार्यान्वयन गर्न विशिष्ट परिस्थितिको बीचमा यो निर्णय गरेका हौं । संक्रमणकालिन अवस्थामा पार्टी छ, कुनै प्रक्रियाबाट पार्टी नेतृत्व निर्वाचित वा चयन भएको अवस्था होइन् । मनोनित प्रकारले विश्वासका आधारमा अर्को महाधिवेशन नहुँदासम्म वा निर्वाचित प्रक्रियाद्धारा कमिटि प्रणाली निर्वाचित नहुँदासम्म यो विधि अपनाउनु हाम्रो परिस्थितिको वाध्यात्मक अवस्था हो । सचिवालयका, स्थायी समितिका, केन्द्रिय समितिका साथीहरुको छलफलमा भाग लिने चाहनालाई स्वीकार गर्नुपर्छ । सम्भव भएसम्म सचिवालयले गरेको कुरा स्थायी समितिले अनुमोदन गर्ने, न्यूनतम ५/६ महिनामा भएपनि केन्द्रिय समितिको वैठक राखेर त्यहाँबाट अनुमोदन गर्ने विधि अपनाउनु पर्छ । त्यो छुट्न गएको छ । आगामी दिनमा त्यसलाई सच्याउनु पर्छ । फेरि पनि निर्णय भईसकेका कुराहरुलाई उल्ट्याएर जाने कुरा चाहिँ हुनुहुँदैन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies