Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली

काठमाडौ । आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् ।

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो । दुईतिर पर्खाल लगाइएको करीब ४७१ मिटर सडकको दूरावस्थाका कारण सवारी चल्न सक्ने अवस्था छैन ।

सडकमा हिलो भएपछि पैदल यात्रु पनि हालै लगाइएको पर्खाल माथिबाट मात्र हिँड्न सक्छन् । पर्खालको चौडाइका कारण एकातिरबाट मात्र पैदल हिँड्न सकिन्छ । एकतिरको पर्खालबाट पैदल यात्रु आउजाउ गर्दा खस्न सक्ने समस्या हुने गरेको छ ।

बिपी चोकबाट मोटरसाइकल लगायत सवारीसाधन लिएर जानेले वाग्मती पुलमाथि राखेर हिँड्नुपर्छ । भद्रवासबाट मोटरसाइकललगायत सवारीसाधन लिएर आउनेले भद्रवासको आदर्श माध्यमिक विद्यालय नजिकै राख्नुपर्ने बाध्यता छ । विद्यालय अघिको सडक पनि हिलोले जीर्ण छ । बनाउन नगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

यो सडकबाट साँखु र भक्तपुरको चाँगुनारायण जान यस क्षेत्रका मानिसलाई सहज हुन्छ । स्थानीयवासी कृष्णदेव पुडासैनी आर्थिक वर्षको अन्त्यमा रकमान्तर भई आएको बजेटले हतारमा काम गर्दा सम्पन्न हुन नसकेको बताए ।

पर्खाल लगाएको एक महीनामा केही ठाउँमा भत्किएको छ । आर्थिक वर्षको अन्त्यमा बजेट आएर बनाइएको भनिएको सडकमा कतै पनि आयोजनासम्बन्धी सूचना राखिएको छैन । हतारमा सडक बनाइएकाले प्राविधिक अध्ययनसमेत नगरिएको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी हरिकृष्ण श्रेष्ठ प्राविधिक अध्ययन नगरी सडकको दायाँबायाँ पर्खाल लगाउँदा कहिले डुबानमा नपर्ने बलौटे माटो भएको खेतसमेत जलमग्न भएको बताउछन् । यस क्षेत्रको वाग्मतीको फाँटमा अझै पनि धेरै खेती भइरहेको छ । पर्खाल लगाएपछि यस वर्ष लगाइएको मकैसमेत राम्रो उत्पादन भएन । धान पनि नफल्ने किसानको चिन्ता छ । जग्गा प्लटिङ गराउने उद्देश्यले मिलेमतोमा रातारात पर्खाल लगाएको पीडित कृषकको गुनासो छ ।

खेतको बीचमा यसै वर्ष बनाइएको घर पनि महीनौँदेखि डुबानमा परेको छ । कुनै सवारी सडक पार गर्न खोजे हिलोमा फस्ने गरेका छन् । निकाल्न डोजर बोलाउनुपर्छ । यो सडक पार गर्ने यात्रु असारे विकासको परिणाम स्वरुप यस्तो भएको बताउँछन् । यात्रु शर्मिला नगरकोटी विकासका नाममा जनतालाई दुःख दिने काम भएको बताउछन् । कागेश्वरी मनोहरा नगरपालिका–३ मा यो सडक पर्छ । वडा अध्यक्ष राममणि पुडासैनी तीन वटा उपभोक्ता समिति बनाएर ४७१ मिटर सडकमा पर्खाल लगाइएको बताउछन् ।

“काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँबाट रु एक करोड ५० लाखमा यो योजना सञ्चालन गरिएको हो, यो बजेटबाट साउनेमूलतिर पनि पर्खाल लगाउन रु १५ लाख खर्च गरियो”, उनले भने । पर्खाल लगाउनु अघि धेरैतिरबाट निकास गएर डुबानमा पर्ने समस्या नहुने गरेको वडाध्यक्ष पुडासैनीले स्वीकार गरे । आवको अन्त्यमा ठेक्का लगाउने समय नभएकाले ४७१ मिटर सडकमा पर्खाल लगाउन तीन वटा उपभोक्ता समिति बनाउन बाध्य हुनुपरेको वडा कार्यालयले जनाएको छ ।

रुपेन्द्र पुडासैनी, सुरज पुडासैनी र शालिकराम पुडासैनी गरी तीन जनालाई तीन उपभोक्ता समितिको अध्यक्ष बनाइएको वडा सदस्य बद्री पुडासैनीले जानकारी दिए । तीन वटा उपभोक्ता समिति बनाइए पनि काम भने ओखलढुङ्गातिरको निर्माण व्यवसायी ल्याएर गरिएको स्थानीयवासीले सुनाए ।

आवको अन्त्यमा आएको बजेट खर्च गर्न सार्वजनिक खरीद ऐन र नियमावलीको प्रावधान विपरीत रु एक करोडभन्दा माथिको योजना पनि तीन वटा उपभोक्ता समिति गठन गरेर सम्पन्न गरी कागजात बनाइएको हो । वडा कार्यालयले काम सम्पन्न भएको दाबी गरेपनि सडक अलपत्र छ । सवारी पास हुँदैन । पैदल यात्रु पर्खालबाट तल झरेर हिँड्न सक्दैनन् । दुईतिरको पर्खालले पानी पास नहुँदा यस क्षेत्रको धान खेतीमा प्रभाव परेको स्थानीयवासी श्रेष्ठको गुनासो छ । प्राधिकरणका इञ्जिनीयर रञ्जन सिलवाल अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आवको अन्त्यमा बजेट नपठाउनुस्भन्दा पनि पठाएर हतारमा काम गराएको स्वीकार गर्नुहुन्छ ।

“अर्थ मन्त्रालयका एक सहसचिवको रुचिमा यहाँ बजेट आएको हो, बजेट डिमार्केशन बाल लगाउन आएको हो, त्यो काम राम्रोसँग सम्पन्न भएको छ”, उनको दाबी थियो । प्राविधिक रुपले पर्खाल बनाउन उपयुक्त छ छैन भन्ने अध्ययन नभई रातारात आएको पैसा सिध्याउँदा गुणस्तरीय काम नभई बालुवामा पानी हाले जसरी बजेट सकिएको स्थानीय पीडितको गुनासो छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE