Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विवादमा परेका विधेयकबारे प्रचण्ड निवासमा छलफल

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित विधेयकबारे पार्टी नेतासँग छलफल गरेका छन्। बुधबार निजी निवास खुमलटारमा प्रचण्डले पार्टीका शीर्ष नेतासँग छलफल गरेका हुन्।

छलफलका लागि प्रचण्ड निवासमा नेकपा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतम, सुवास नेम्वाङलगायत नेता सहभागी थिए। छलफलमा विवादमा आएका नागरिकता, टीआरसीलगायत विधेयकको विषयमा छलफल भएको छ ।

नेतासँग प्रचण्डले नेपाल नागरिकता विधेयक, भूमी सम्बन्धी विधेयक (आठौं संशोधन) र सत्य निरुपणसम्बन्धी विधेयकका विषयमा छलफल गरेका हुन्।

भूमि सम्बन्धी विधेयकमा १० वर्षसम्म बसोबास गरेको भए व्यक्तिको नाममा गरिदिने, हदबन्दी छुटका नाममा उद्योग, प्रतिष्ठान, विद्यालयले लिएको जग्गा एक पटकको लागि उनीहरुलाई हस्तान्तरण गर्ने, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी गरेकालाई अतिक्रमण गरेकै जग्गा उपलब्ध गराउनेलगायत बुँदामा विवाद छ।

नागरिकता विधेयकमा बुहारीलाई नागरिकता दिने विषय विवादित छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बनाएको उपसमितिलेसमेत विवाद समाधान गर्न सकेको छैन। मंगलबार उपसमितिले विवादित विषयको टुंगो नलाग्दै समितिमा प्रतिवेदन बुझाएको छ। त्यसैगरी सत्य निरुपण आयोग सम्बन्धी विधेयकमा आममाफीलगायत विषय विवादित छन्।

नागरिकता विधेयककका विवादित केही बुँदामा सहमति जुटे पनि दुई बुँदामा सहमति जुट्न सकेको छैन। उपसमितिले मुख्य विवादका रूपमा रहेको अंगीकृत नागरिकताको विषय टुंगो नलगाई प्रतिवेदन बुझाएको हो। नेपालका विवाह गरेर आउने विदेशी महिलालाई कति समयमा अंगीकृत नागरिकता दिने भन्ने विषय उपसमितिले पनि टुंगो लगाउन नसकेको हो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy