पोखरा । केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् ।
पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बनेका छन् । बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण माछा फार्ममा पुगी खरीद गरिएका माछा साइकलको सहायताले बजारमा बेच्नु उनको दैनिकी हो ।
नुवाकोट बेलकोट नगरपालिका–९ स्थायी घर भएको बताउने उनी पोखराको लेकसाइड, विरौटा, रामबजार, आँखा अस्पतालचोक लगायतका विभिन्न स्थानमा ‘लौ आयो लोकल ताजा माछा’ भन्दै बिहानै सडकमा भेटिन्छन् । आँखा अस्पतालचोकमा सोमबार बिहानै माछा बिक्रीका क्रममा सरसफाइ गरिरहेको अवस्थामा भेटिएका तमाङले भने, “दैनिक २० देखि २६ किलोग्राम माछा खरीद गरी प्रतिकेजी रु ४०० मा बेच्ने गरेको छु, म पेशाप्रति सन्तुष्ट छु ।”
स्वदेशमा जीविकोपार्जनका लागि अप्ठेरो परेपछि विदेश जानका लागि पासपोर्टसमेत बनाएको बताउने उनले परिवारसँगै बसेर बिहानको करीब चार घण्टा बजारमा डुली आम्दानी गर्दा आफूलाई सुखको अनुभूति भएको सुनाए । उनले आजभन्दा चार वर्षअघि फेवातालको खपौंदीबाट माछा खरीद गरी बिक्री गर्न शुरु गरेका हुन् ।
त्यस अवधिमा रु ३० हजारसम्म आम्दानी हुने गरेको अनुभव सुनाउँदै उनले उक्त क्षेत्रमा जलाहारी समुदायका महिला फुर्लुङमा माछा बेच्ने हुँदा माछा पाउनै असहज भएपछि विकल्पको रूपमा आफू अन्नपूर्ण फार्मतर्पm लागेको बताए । पोखरीमा हुर्केका रेवाजातका माछा पोखरेलीले मन पराउने गरेका कारण पनि खरीद गरिएका माछा सबै बिक्री हुने गरेको उनको भनाइ छ ।
“बिक्रीसँगै सरसफाइ समेत आफैँले गरिदिने भएकाले माछाको माग दिनप्रतिदिन बढ्दै गएको छ”, उनले थपे । उनका दुई छोरा र छोरी स्कूल पढ्न जान्छन्, श्रीमतीले बुद्धचोकमा फलफूल तथा तरकारी बिक्री गर्दै आएकी छिन् । जीविकोपार्जन राम्रैसँग चलेको छ । साइकलको अगाडि ह्याण्डलमा झुन्ड्याएर र पछाडि क्यारेटमा एक÷एक किलोको पोका बनाएर बजार डुलाउँदै आएका उनले सरसफाइबाट निस्कने फोहरसमेत साइकलमै राखेर उचित स्थानमा व्यस्थापन गर्दै आएको जानकारी दिए ।
पोखरा महानगरपालिका–१७ आँखा अस्पतालचोकमा कार्की रेष्टुरेन्ट सञ्चालन गर्दै आएका डिलमाया कार्कीले माछा स्वादिष्ट र सरसफाइ समेत गरिदिने भएका कारण उनलाई तामाङसँग बाहेक अरुसँग माछा किन्न मन नलाग्ने बताए । पोखरा बजारमा अहिले भारतबाट आएका माछालाई ‘लोकल’ भनेर बिक्री गर्नेको सङ्ख्या ठूलै भएको बताउँदै उनले भने, “तामाङ भाइले ल्याएको माछा आफूजस्ता धेरैले रुचाउने गरेका छन् ।”
पोखरा उपत्यकामा साना–ठूला गरी नौ वटा ताल र विभिन्न खोलाका कारण यहाँ माछा राम्रै उत्पादन हुन्छ । मानव स्वास्थ्यको लागि समेत उपयुक्त हुने भएको र माग पनि बढ्दै गएका कारण पछिल्लो समय युवाको व्यावसायिक माछापालनप्रति आकर्षण बढेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: