चितवन । भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ। महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताईन् ।
भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसलगत्तै महानगरले इपिडिमियो लोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखाप्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिए ।
महानगरप्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँग समेत कुराकानी गरिसकेको बताए। महानगरप्रमुख दाहालले सम्बन्धित निकायबाट किट उपलब्ध हुन नसकेमा तत्कालका लागि प्रक्रिया पुर्याएर महानगरले व्यवस्था गर्ने जानकारी दिए । उनले भने, “किटका कारण सरकारी अस्पतालमा डेङ्गु परीक्षण रोकिनु हुँदैन।”
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किटको अभावमा परीक्षण रोकिएको बताए। आज तीन सय वटा किट टेकुबाट आउने जानकारी दिँदै सो किटले दुई दिनभन्दा बढी नधान्ने बताए । किट व्यवस्थापनका लागि महानगरप्रमुख दाहाल, प्रजिअ जितेन्द्र बस्नेतलगायत सबै लागिपरेको हुँदा अबका दिनमा किटको अभाव नहुने विश्वास आफूले लिएको जानकारी दिए ।
डेङ्गु परीक्षण निःशुल्क हुने गर्दछ । अस्पतालसँग किट खरीद गर्ने अधिकार र बजेट नहुने भएकाले किट नआएकै कारण सेवा रोकिएको उनको भनाइ थियो । किट भएमा जुनसुकै समयमा अस्पतालले परीक्षण गर्ने तिवारीले बताए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले अस्पतालमा किट नहुँदा बीमाका बिरामीलाई निजी अस्पतालमा सिफारीश गर्न बाध्य भएको जानकारी दिए । निजीमा धेरै खर्च हुने भएकाले बिरामीले मार खेप्नु परेको छ । रु पाँच सय हाराहारी पर्ने सो किट निजी अस्पतालमा परीक्षण गर्दा रु दुई हजारसम्म पर्ने गर्दछ।
हालसम्म जिल्लामा ५३७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ। रोगले महामारीको रुप लिन सक्ने भन्दै शनिबार बिहान सचेतनामूलक (यालीको आयोजना गरेको महानगरले रोग परीक्षण सहज बनाउन चाहेको छ ।
प्रमुख दाहालका अनुसार सबै वडामा सचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिइएको छ । दैनिक माइकिङ गर्ने काम महानगरले गरिरहेको छ । अटेर गर्नेहरुलाई कारवाही प्रक्रियासमेत अघि बढाएको जनाएको छ। नारायणगढमा टायरमा पानी भरिँदासमेत अटेर गरेर नफालेका चार जनालाई आज पक्राउ गरी प्रहरीलाई बुझाइएको महानगरले जनाएको छ। रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: