काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एकताबद्ध भएर अघि बढे जस्तोसुकै जटिलता पनि चिर्न सकिने बताएका छन् । पार्टीको विदेश विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतामा ढिलाई भएको कारण प्रतिगामी तत्वहरुले खेल्न खोजेको भन्दै आम कार्यकर्ता पंक्तिलाई एकताबद्ध भएर अघि बढन निर्देशन दिएका हुन ।
“हामी एकचोटी एकताबद्ध भएर हिजोका सबै संघर्ष, बलिदान र सहीदका सपनालाई सम्झेर अभियानमा गयौं भने कस्ता कस्ता जटिल र अप्ठ्यारा परिस्थिति त चिर्यौ भने एकताबद्ध भएर जाँदा त्यो सामान्य नै हुन्छ । अगाडि बढन सम्भव छ ।” अध्यक्षले भने । कम्युनिष्ट आन्दोलन निर्वाचनमार्फत यति लोकप्रिय भएको यो पहिलो परिघटना भएको उनले बताए । “यो विशिष्ट छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको छ ।” उनले भने, “यसलाई राम्रोसँग संश्लेषण गर्ने र यसका पक्षहरु अन्तर्राष्ट्रियउरुपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । यसले हाम्रो कम्युनिष्ट आन्दोलन र विश्वव्यापी श्रमजीवि आन्दोलनले उत्प््रेरणा लिने वातावरण बन्छ ।”‘मार्क्सवादलाई अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन बनाउनुपर्छ’अध्यक्ष प्रचण्डले इतिहासको यो विशिष्ट अवसर सजिलै र सहजै प्राप्त नभएको बताउँदै अब अभियानात्मकरुपमा अघि बढनुपर्नेमा जोड दिए ।
निकै लामो संघर्ष, बहस, बलिदानका धेरै श्रृंखला पार गरेर यो ठाउँमा आइपुगेका हौं ।” उनले भने, “आन्दोलन र संघर्षको बीचबाट खारिएर तयार भएको नेतृत्व तयार नभएको भए सामाजिक न्याय र संघर्षमा नलागेको भए बिभिन्न तानाशाही र सामन्तवादी निरंकुशतावविरुद्ध विजय हासिल नगरेको भए यो परिस्थिति आउने थिएन ।”
प्रचण्ड भन्छन्, ‘पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्यो’ । अध्यक्षले अगाडि भने, “कम्युनिष्ट पार्टीको नेतृत्वले सामाजिक न्याय र समाजवादी चरित्र विकास गर्दै अघि बढेको विश्वास जनतालाई दिन सकेनौं भने ठूलो चुनौती आउने देखिन्छ ।”
कम्युनिष्ट पार्टीको बहुमतलाई कुनै न कुनै रुपमा देख्न नचाहने शक्ति भित्र र बाहिर खुशी नभएको बताउँदै अध्यक्षले उनीहरु सानोतिनो कमजोरी देखिएपनि तिललाई ताड बनाएर प्रचार गर्ने र बदनाम गर्ने प्रयास शुरु भएको जनाए । “हामी कसैको दया मायाले यहाँ आइपुगेको होइन तर पार्टी एकता भएपछि जुन तदारुकताका साथ काम गर्नुपथ्र्यो, तीन महिनाबीच सकेर जनतामाझ जान सकेको भए, सबै तहको सरकारलाई निर्देशित र खबरदारी गर्ने काम गर्न सकेनौं ।”
उनले भने, “यही सानातिना कमीलाई प्रतिक्रियावादीले अतिरञ्जित ढंगले प्रचार गर्ने र टाउको उठाउने जमर्को उठाउने यदाकदा देख्छौं । यति लामो संघर्ष र बलिदानपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस पनि केहीले गरेको देखेका छौं ।”
कुटनीति, विचार र राजनीतिको क्षेत्रमा पार्टीका विचारलाई स्थापित गर्ने क्षेत्रमा अभियानात्मक काम गर्न उनले विदेश विभागलाई निर्देशन दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: