काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अध्यक्ष प्रचण्डले नेपालको पर्यटन क्षेत्र नेपालको कहिल्यै नसकिने प्रचुर सम्भावना भएको क्षेत्र भएको बताउँदै यसको विकास इमान्दारी र पारदर्शी तरिकाले गर्न सके नेपाल समृद्ध बनाउन यसले योगदान दिन सक्ने बताएका छन् । नेपाल ट्रेकिङ एशोसिएसन (टान)को ४१ औं वार्षिक साधारण सभा तथा निर्वाचनका अवसरलार्इ सम्बाेधन गर्दै नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपीले गरे । त्यसका लागि आवश्यक पर्ने वातावारण बनाउने राज्यका तर्फबाट गर्नुपर्ने धेरै कुरा बाँकी रहेको कुरामा ध्यानाकर्षण भएको उनले बताए ।
धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै प्रचण्डले अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा जोड दिए । “आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ ।” उनको भनाई थियो ।
प्रचण्डले राज्यका तर्फबाट सकारात्मक र रचनात्मक ऐन, कानुन, नियम, व्यवस्था र तालिम सञ्चालन गर्न नसके लामो संघर्षपछिको उपलब्धि खतरामा पर्ने अवस्था आउनेमा सचेत गराए । उनले भने, उनले भने, “यतिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ ।”
देशमा प्रतिगामी तत्वहरु सल्बलाएको तर्फ संकेत गर्दै प्रचण्डले इतिहासमा राजनीतिक क्रान्ति र परिवर्तनपछि पराजित तत्वहरु कुनै न कुनै रुपमा छटपटिने र पुनस्र्थापनाका लागि प्रयासका रुपमा देखिन बताए । हामीले २०६३÷०६४ सम्म आउँदा सम्पन्न गरेको जनक्रान्ति र त्यसपछि संविधानसभा हुँदै संविधानमा भएको सबै तहको समझदारी र सहकार्यबाट इतिहासमा केही कीर्तिमान कायम गरेको बताउँदै अध्यक्षले मानिसहरुले सामान्य र असम्भव ठानेका राजनीतिक परिवर्तन र शान्तिका, संविधान निर्माणका, लोकतान्त्रिक गणतन्त्रका मूलभुत मान्यतासहित अधिकार स्थापना गर्न सफलता पाएको उल्लेख गरे ।
“तर यी सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ ।” उनले अगाडि भने, “आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दीगो हुन सक्दैन । त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ ।” पर्यटन व्यवसायसँग सम्बन्धित सबैको काँधमा नेपालको पहिचान कायम राख्ने ठूलो जिम्मेवारी रहेको बताउँदै उनले अहिलेको पीढिले आफ्नो कर्मको इमान्दारिताबाट विश्वलाई परिचित गराउने जिम्मेवारी रहेकोमा विशेष जोड दिए ।
“राजनीतिक परिवर्तनबाट केही नयाँ पहिचान बनाएका छौं । अब आर्थिक क्रान्तिबाट पनि त्यसरी नै विश्वलाई नेपालको परिचय गराउनुपर्ने बाँकी छ ।” उनले भने । लाभका लागि मात्रै व्यवसाय नगरी सेवाभावले व्यवसाय गर्न उनले अपील गरे । नेपाल भित्रिने पर्यटकहरुसँग जोडिएको ट्रेकिङ क्षेत्रले विदेशीहरुसँग गर्ने व्यवहारले देशको परिचय दिने भएकोले सेवा र कर्मको भावनाले व्यवसाय गर्नुपर्नेमा उनको जोड थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: