काठमाडौं । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपि शर्मा ओली स्वास्थ्य उपचार पछि स्वेदश फर्किएका छन् । करिब २ साता लामो सिंगापुर बसाईपछि ओली आज स्वेदश फर्किएका हुन् ।
करिब दुई साता उपचारको लागि सिंगापुरमा रहेका ओलीको स्वास्थ्य बारे निकै आमचासो रहेको छ । मुलुकको प्रमुख कार्यकारीको स्वास्थ्य अवस्था बारे अन्यौल कायम रहेकै बेला स्वेदश फर्किएका ओलीले आफ्नो स्वास्थ्य बारे भने केहि जनाएका छैनन् । यसअघि झैं ओलीले आफ्नो बारे पत्रकारलाई केहि प्रतिक्रिया नै नदिई सिधै बालुवाटार तर्फ हानिए । थाइ एयरमार्फत काठमाडौं अवतरण गरेका प्रधानमन्त्री ओलीले विमानस्थलमा उनको स्वागतमा उपस्थित भएका सबैलाई अभिवादन गरेर बालुवाटार लागे ।
यसपालि पनि प्रश्न उठेको छ, कतै प्रधानमन्त्री ओली फेरि तत्काल उपचारका लागि सिंगापुर जानेगरी त आएका होइनन् ? तर, प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर पुगि उनीसँगै फर्किएका नेकपाका महासचिव विष्णु पौडेलले भने ओली अब तत्काल फलोअपमा नजाने बताएका छन् ।
महासचिव पौडेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिक्रिया दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यू दुरुस्त हुनुहुन्छ । पुरै ठिक भएर आउनु भएको छ । अब तत्काल फलोअपमा पनि जान नपर्ने चिकित्सकले बताएका छन् ।’
नेकपा अध्यक्षसमेत रहेका ओलीको स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर पुगेका नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव पौडल पनि ओलीसँगै स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली गत भदौ ५ मा मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि सिंगापुर गएका थिए । नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस प्रक्रियाबाट प्रक्रियाबाट गरिएको उपचार गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वदेश फर्किएका हुन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: