Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भारतका केन्द्रीय मन्त्रीले जनताका माझमा १०० दिने प्रगति विवरण प्रस्तुत गर्ने

नयाँ दिल्ली । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् ।

सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका हुन् ।
उनीहरुले छोटो समयमा गरेका ऐतिहासिक काम र निर्णयहरुलाई पुरस्कृत पनि गरिने अधिकारीहरुले जनाएका छन् ।

यही सेप्टेम्बर ९ र १० तारिखका दिन भारतका केन्द्रीय मन्त्रीहरुले कार्यभार सम्हालेको सय दिन पुग्न लागेको हो ।

सय दिन पुगेको दिन सबै मन्त्रीहरुले जम्मु, शिमला, चण्डीगढ, मुम्बई, राँची लगायतका देशका धेरै ठाउँमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

उनीहरुमध्ये सोमबार सडक यातायात तथा राजमार्ग मन्त्री नीतिन गड्करीले मुम्बईमा पत्रकार सम्मेलन गर्ने भएका छन् भने कोलकातामा महिला, बालबालिका विकास मन्त्री स्मृति इरानीले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

त्यसैगरी अरु १५ जना मन्त्रीले पनि छुट्टा छुट्टै पत्रकार सम्मेलन मार्फत् आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् ।

सरकारले बनाएको योजना अनुसार मन्त्रीहरु निर्मला सीतारामले चेन्नेइमा, रामविलास पासवानले पटना, रविशंकर प्रसादले अहमदावाद, हरसिम्रत कौर बादलले चण्डीगढ, थवरचन्द गहलोटले रायपुर, अर्जुन मुन्डाले राँचीमा पत्रकार सम्मेलन गर्ने तय भएको छ ।

त्यसैगरी मुख्तर अब्बास नक्वीले अलाहबाद, प्रल्हाद जोशीले गोआ, गजेन्द्र सिंह शेखवातले जयपुर, रमेश पोख्रियाल निशांकले देहरादुन, जितेन्द्र सिंहले जम्मु, राजकुमार सिंहले हैदरावाद, मनसुख एल माण्डव्यले भुवनेश्वर, अनुराग ठाकुरले शिमला र नरेन्द्र सिंह टोमरले ग्वालिअरमा कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

उनीहरुले आफ्नो मन्त्रालयले गरेको कामहरुसँगै काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याउनेगरी संविधानको धारा ३७० खारेज गरेका जस्ता राष्ट्रिय सुरक्षा, राष्ट्रियताका विषयमा सरकारका कामहरुको प्रचार गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदी गत मे २३ तारिखमा सार्वजनिक भएको आम निर्वाचनको नतिजा अनुसार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए भने उनले मे ३० का दिन सपथग्रहण गरेका थिए । एएनआई

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending