Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

कश्मीरको अवस्था प्रति अमेरिकी सांसदको चिन्ता, सञ्चार माध्यमलाई खुला गर्न माग

एजेन्सी । कश्मीरको अवस्था प्रति अमेरिकी सांसदले चिन्ता व्यक्त गरेका छन् । सांसदले अमेरिकाको विदेश मन्त्रालयमार्फत कश्मीरमा सञ्चार माध्यमलाई खुला गर्न र हिरासतमा राखिएका निर्दोषलाई छोड्नको लागि भारत सरकारलाई दबाब दिन माग गरेका हुन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पिओलाई पत्र लेख्दै सांसदले कश्मीरमा अन्तराष्ट्रिय सञ्चारकर्मीलाई प्रवेश गर्ने अनुमति दिन पनि माग गरेका छन् । भारतीय मुलकी हाउस अफ रिप्रजेटेटिव सांसद प्रमिला जयपाल र सांसद जेम्प पी. कैकगवर्नले विदेश मन्त्रीलाई पत्र लेख्दै कश्मीरमा मानवअधिकारको बहालीका लागि भारत सरकारलाई दबाब दिन माग गरेका हुन् ।

निकै लामो समय हुँदासम्म पनि कश्मीरको अवस्था सामान्य नभएको भन्दै सांसदले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले लेखेको पत्रमा कश्मीरमा अझैपनि कफ्र्यू लागिरहेको र सञ्चारका कुनै पनि माध्यम खुला नरहेको हुनाले काश्मीरी जनताको अवस्था दयनीय हुँदै गएको उल्लेख छ ।
सांसद जयपालले उक्त पत्रलाई ट्वीटमार्फत पनि सार्वजनिक गरेकी छिन् ।

https://twitter.com/RepJayapal/status/1171851068017381378?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1171851068017381378&ref_url=https%3A%2F%2Fthewirehindi.com%2F94551%2Fus-mps-demand-immediate-restoration-of-communication-in-kashmir%2F

पछिल्लो साता मात्रै अमेरिकी विदेश मन्त्रालयले जम्मू–कश्मीर बारे चिन्ता व्यक्त गर्दै भारत सरकारलाई मानवअधिकारको उच्चतम सम्मान गर्न आग्रह गरेको थियो । विदेश मन्त्रालयले हिरासतमा राखिएका कश्मीरका दर्जनौं राजनीतिक नेता तथा सर्वसाधारणको अवस्था बारे चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले नागरिकको राजनीतिक अधिकार नखोस्न र छिटोभन्दा छिटो चुनाव गर्न पनि अपिल गरेको थियो ।

गत अगस्ट ५ मा जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएसँगै अवस्थालाई नियन्त्रण लिन गरिएको प्रतिबन्ध तथा अन्य व्यवस्था अझै पनि कायम रहेको छ । कश्मीरमा अझैपनि सञ्चार माध्यम प्रतिबन्ध छ । निश्चित समयभन्दा बाहेक हिंडडुल गर्न पनि प्रतिबन्ध छ । पक्राउ परेका नेता तथा सर्वसाधारण अझैसम्म पनि हिरासतमै छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy