Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन । विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु २७० तोकेको थियो । तर, हाल कृषकको फार्मबाट रु २२५ हाराहारीमा बिक्री भएको छ । खपत बढ्न नसक्नु र उत्पादन बढी नै भएकाले कृषकले मूल्य नपाएको केसीको भनाइ थियो ।

दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताए । दानाको मूल्य र मजदुरको पारिश्रमिक बढेको तर अण्डाको मूल्य नबढेपछि कृषक मर्कामा परेका हुन् ।

पूर्वी चितवनमा कुखुरा पाल्दै आएका सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओली एउटा अण्डा उत्पादन गर्न रु १० भन्दा बढी खर्च हुने भए पनि अहिले कृषकले रु सात हाराहारी मात्र पाउन सकेको बताउछन् । एउटै अण्डामा रु तीनभन्दा बढी नोक्सान बेहोर्नु परेका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उनले गुनासो गरे ।

केही महीनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु १२० सम्म झरेको भन्दै उनले त्यतिबेलादेखि निरन्तर रुपमा कृषकले नोक्सान बेहोर्दै आएको बताए । देशमा आत्मनिर्भर बनेको यस पेशाबाट कृषक विस्थापित हुनबाट रोक्न सरकारलाई गुहारेको ओलीले बताए । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, कृषिमन्त्री, अर्थमन्त्री, सांसदलगायत सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराउने काम सङ्घले गरिरहेको उनले बताए ।

पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले व्यवसायीबीचको आन्तरिक समस्याका कारण मूल्यमा वृद्धि हुन नसकेको बताए । यसअघिको सङ्घको केन्द्रीय समितिलाई अविश्वास गर्दै बीचमा नै विशेष अधिवेशन गरेपछि पुरानो र नयाँ समितिको बीचमा समन्वय हुन सकेको छैन । यसकै कारण पनि मूल्यमा समस्या आएको भनाइ भट्टराईको छ ।

सप्लायर्सबीचको तालमेलको अभावमा पनि समस्या देखिएको भन्दै उनले व्यवसायी र सप्लायर्सका बीचमा बृहत् भेला गरेर समस्याको निकास निकाल्नुपर्ने सुझाव दिए। कुखुरा व्यवसायी मदन पोख्रेल उत्पादन बढी भएको तर खपत गर्न नसकेका कारण कृषकले मूल्य नपाएको बताउछन् । साना किसानको खोर खाली हुन थालेको र ठूलाले एक बैंकबाट अर्कोमा ऋण सारेर रकम बढाउँदै पेशा धान्ने काम मात्र गरिरहेको पोख्रेलको भनाइ थियो ।

सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल व्यवसायीबीचमा एकापसमा लडाइँ गर्दा आफँै सिद्धिने भएकाले मिलेर जानुको विकल्प नभएको बताउछन् । व्यवसायीबीचमा समन्वयकै कमीले तालमेल नमिल्दा अण्डाले मूल्य पाउन नसकेको उहाँको भनाइ छ । देशमा आत्मनिर्भर यस पेशालाई बचाई राख्नका लागि राज्यले पनि सहयोग गर्नुपर्ने उनले बताए । पोल्ट्री क्षेत्रमा लगानी भएको रु एक अर्बभन्दा बढीमध्येको आधा हिस्सा अण्डा उत्पादनमा लगानी भएको उनी बताउछन् ।

अण्डा उत्पादन गर्ने कृषकले मूल्य नपाए पनि किनेर खाने उपभोक्ताले भने प्रतिगोटा रु १५ हाराहारी तिर्न बाध्य छन् । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच तह पार गर्नुपर्ने भएकाले विचौलियाले लाभ लिए पनि कृषक र उपभोक्ता दुवै ठगिएका छन् । हाल नेपालमा सात हजारभन्दा बढीले कुखुरा पालेको अनुमान छ । उनीहरुका फार्ममा दुई लाखभन्दा बढी मजदुरले काम गर्ने कँडेलले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE