चीन संसारको दोस्रो अर्थतन्त्र भएको मुलुक हो । यहि हिसावले केहि समय अर्थात् दश वर्षभित्र चीन पहिलो अर्थतन्त्र भएको मुलुक बन्ने प्रोजेक्सन गरिदै छ । चीनलाई तथ्य र तत्थ्याङकको आधारमा हेर्दा दोस्रो अर्थतन्त्रकोरुपमा विश्लेषण गरियो यसलाई म अलिकति संशोधन गर्न चाहन्छु । मकाओ, हङकङ र ताइवानको अर्थतन्त्रलाई जोड्ने हो भने चाइना र अमेरिकाबीच खासै त्यति भिन्नता छैन । सामान्यरुपले हेर्दा चाइना र अमेरिकाबीच जम्मा ६/७ ट्रिलियन डलरको मात्र फरक छ । चीनले अहिलेकै विकास गति ६.७ प्रतिशतले प्रति वर्ष आर्थिक बृदिदर हाँसिल गर्न सक्यो भने प्रति वर्ष ५ सय बीस डलर प्रतिव्यक्ति आयले अर्थतन्त्र विकास हुन जान्छ ।
चिनियाहरु असाध्यै व्यवहारिक छन् । उनीहरु सामाजिक सहिष्णुताको कुरा गर्छन् । उनिहरुको समाजभित्र विभिन्न शक्तिपिठ छन् । ती विभिन्न शक्तिपिठलाई कसरी सन्तुलन गर्ने भन्ने कुरा सोच्छन् । चिनियाहरुले कन्फ्यूसियस, ब्लाओजीहरुको विचारलाई समाजमा सन्तुलन कायम गरेका छन् ।
सिजिङपिङको विचारलाई यतिमात्र भएर पुग्दैन । यसका सिमाबद्ध गर्ने केहि रेखाहरु छन् । ती रेखा भनेका सिजिङपिङ विचार, चिनियाँ विशेषतामा आधारित समाजवाद हो । सिजिङपिङ विचार समाजवादसँग सम्बन्धित छ । समाजवाद चिनिया प्रकृति वा अवस्थासँग गाँसिएको छ । चिनियाहरु माओत्सेतुङ विचारसम्म आउँदा हामी माओवाद विचारधारा भनेर बुझ्छौं । माओवाद माक्र्सवाद, लेनिनबादभन्दा भिन्न एउटा विषय होइन ।
यो भिन्न अध्यायमा निस्केको छ । त्यस अध्ययनको खास अवस्थामा समाज र क्रान्तिलाई अगाडि बढाउने चिनिया मोडेलमा बनाइएको एउटा डिजाइन माओत्सेतुङ विचार थियो । जसलाई हामी नयाँ जनवादी क्रान्ति भन्छौं । सामन्ती समाजबाट समाजवादतर्फ जान विवेवसंगत चिनियाहरुले परिभाषित गर्दा माओत्सेतुङको नामबाट परिभाषित गरेका थिए, र त्यसलाई अगाडि बढाइयो । त्यो एउटा कालखण्ड थियो ।
अहिलेको चीन दोस्रो अर्थतन्त्र भएको समाजवादतर्फ गइराखेको छ । उनीहरु यसलाई प्रारम्भिक समाजवादबाट परिभाषित गरिराखेका छन् । उनीहरु अहिले १० हजार प्रतिव्यक्ति आयभन्दा माथि गईरहेका छन् । चिनियाहरु सन् २०४९ सम्ममा उच्च समाजवाद, मौद्रिक आर्थिक आम्दानी, नागरिकको आयसहित गुणात्मक विकसित राष्ट्रमा पुग्दैछन् । उनिहरु सन् २०२१ सम्ममा आधुनिकताले समृद्ध समाजभन्दा माथि पुग्ने आंकलन गरिएको छ ।
चीनमा अहिले जम्माजम्मी एक करोड जनसंख्या मात्र गरिबीको रेखामा रहेका छन । अहिले ग्लोबर प्रोभटि इन्डेक्स हेर्ने हो भने गरिबी घटाउन सबैभन्दा छिटो प्रगति गरेको मुलुक भनेको चीन हो । यस्तो अवस्थामा सिजिङपिङ विचारधाराको दृष्टिकोणमा विषयमा निकै चर्चा भएको छ । सिजिङपिङ थट ग्लोबल कन्टेक्स र चिनिया कन्टेक्स यो दुवै सन्तुलन कायम राखि विकास भएको हो । संसारमा अहिले ओल्ड अडरको रिसेटिङको अवस्थामा छ । यो दोस्रो विश्वयुद्ध पछाडि विकसित भएको दुई ध्रुवीय अवस्था हो । सोभियतले नेतृत्व गरेको एउटा पोल र अमेरिकाले गरेको अर्को पोल । त्यो बाइपोलार युग सन् १९९० सम्म रह्यो । सोभियतसंघको विघटन अर्थात् समाजवादको अवसान पछाडि छोटो अवधिमा दुनियाँ बदलियो ।
संयुक्तराष्ट्रसँग स्वीकृती नै नलिइकन इराक, अफगानस्थान, लिभिया, इजराइलमा हमला गर्न अमेरिका गएको होइन । उ एक छत्र सुपर पावर, सुप्रिम पावर, सुप्रा पावररुपमा छोटो अवधि सन् १९९० देखि ००८ सम्म रह्यो । ००८ पछि विश्व पूँजीवादी व्यवस्था आर्थिक संकटमा पर्न थाल्यो । यस युद्धपछि जुन आर्थिक व्ययभार यति खार्चिलो भयोकि अव पश्चिमा दुनियाँ अन्तरमुखि बन्नुपह्यो । अहिले व्यापार युद्धको नाममा चीनसंग झगडा भइराखेको छ । युरोपसंग झगडा भइराखेको छ । अहिले आल्ड अर्डर रिसेटिङको अवस्थामा गइराखेको छ । अव यो मल्टिपोलार दिशातर्फ जादैछ । आधुनिकरण यहि हो । अब हिजोको जस्तो अवस्था छैन । यसको अर्थ फेरी चिन, रुस एकतिर र अमेरिका अर्को तर्फ बाइपोलारदिशातर्फ जान सक्दैन ।
चीनबाट के सिक्ने के विकास गर्ने ?
चीनले अहिले जुन उत्पाद विकास गरेको छ । यसले अवलम्बन गरेको आर्थिक, साँस्कृतिक, सामाजिक र राजनीतिक विकासलाई हामीले विर्सनु हुँदैन । यदि त्यस्तो किसिमको आर्थिक व्यवस्था, त्यस्तो किसिमको सामाजिक विकास हुदैनथ्यो भने चीनले त्यस्तो फाइदा लिन सक्दैनथ्यो । सन् १९५० को शुरुवातमा त्यतिवेला भारत सन् ०४७ मा भर्खर स्वतन्त्र भएको थियो । चीनमा सन् ०४९ भर्खर क्रान्ति सम्पन्न भएको थियो ।
त्यतिखेर ती मुलुको तुलना गर्दा चिनिया अर्थतन्त्र आदाको फरक थियो । सन् १९८० मा पुग्दा बराबरको अवस्थामा पुग्यो । अब केहि समयमा अमेरिकालाई उछिन्दै छ । म तपाईलाई स्मरण गराउन चाहन्छु, सन् १९१८ मा तम्सादिनको पहिलो पटक अमेरिका भ्रमणमा चीनीया नेतृत्वसंग फरेन करेन्सी नभएर अमेरिकी डलर पाएन । कोहि एउटा व्यपारीसंग मागेर डलर लिएर गए । आज त्यो चीनसंग अथाहा पैसा छ । आज त्यो चीनीया अर्थतन्त्रमा अमेरिका, युरोपले आँखा लगाइरहेको छ ।
हाम्रो आकांक्षा पुरा गर्न हामीसंग पर्याप्त रिसोर्स छैन । हामीसंग भएको रिसोर्स प्रयोग गर्दा यो भन्दा १० गुना बढि सुधार गर्न सक्छौं । तर प्रयाप्त छैन । त्यसकारण चीनसंग हामीले मुख ताक्नुपर्ने अवस्था छ । चीनको यो विकास रातारात भएको होइन । यसको प्रगतिको लागि चिनिया संस्कृति र समाजसंग गासिएको छ । तपाईलाई म सामाजिक संजालमा आएको एक प्रसङगलाई स्मरण गर्न चाहनन्छु । चिनियाहरु कतिको व्यवहारिक छ भनेर यसले स्पष्ट पार्दछ । अमेरिकामा एक ताका नग्न महिलाहरुले प्रदर्शन गरे ।
प्रदर्शन सकेपछि सबै आआफ्नो थातथलो तर्फ गए । त्यसैबेला एकजना नग्न महिला ट्याक्सिभित्र चडिन । अनि ट्याक्सि ड्राइभर वाल्ल परेर हेरेछ । त्यो नग्न महिलाले तैले म जस्तो नग्न महिला देखेको छैनस् भनिछिन् । ड्राइभर चाहि चिनिया रहेछ । जवाफमा त्यसले मैले तिमिलाई हेरेको होइन मैले तिम्रो गोजि चाही कहाँ छ भनेर हेरेको भनेछ । किनकि तिमिले पैसा कहा राखेका छौं भनेर हेर्न परेन । यो नै चिनियाहरुको अभ्यास हो । किनकि भावनाले काम गदैन । तिम्रो रुप त पछि हेरौंला पहिला त पैसा चाहियो नि ।
यस्तै एउटा कविले लेखेको प्राचिन कविता छ । बीस बाइस वर्षको उमेरमा राजाका सेना आएर सेनामा भर्ति हुन भन्छन् । सेनामा भर्ति भएर जादा लडाइमा जानु पर्ने । लडाइबाट फर्किने चान्सेस छैन । त्यस्तो अवस्थाम गोलिको मुखमा किन पर्ने ? बाच्न त सित्तैमा पाइदैन । त्यसको लागि पैसा चाहिन्छ । अब त्यसको निमित्त के गर्ने ? उसले भुईंबाट एउटा ढुंगा टिपेर एउटा हात भाँच्छ । त्यसपछि अर्को हात पनि भाँच्छ । भोलिपल्ट राजाका सेना आउँछ । आउँदा हात भाँचिएको देख्छ । यस्तो मान्छेलाई सेनामा लाने कुरा भएन यसले बन्धुकनै समाउँदैन । सेनाले त्यतिकै छोडेर गएछ । ८३ बर्षको मान्छेले मेरा एक सहयोगिलाई सुनाएको काथाबाट थाहा हुन्छ की चिनियाहरु कति जीवनमुखि छन् ? यसबाट हामीले बुझ्नुपर्छ चीनीया चरित्रको पछाडि के छ ? त्यसमा हामीले पत्ता लागउनु पर्छ ।
चिनिहरुको ठुलो सम्पत्ति भनेको सामुहिक पर्यत्न हो । हामी के भन्छौं ? अहम ब्रह्मा श्री उनीहरु संगम शरणम् गच्छामी भन्छन् । त्यहि फरक छ । हामी गितामा श्रीकृष्णले भनेका भनाइलाई सार लिन्छौं । जब पृथ्वीमा पाप बढ्दै जान्छ, त्यस पछि म आउने छु । सारा अर्धमबाट मुक्त गरी धर्मको स्थापना गर्छु । पश्चिामाहरुमा त्यो भन्छ नि ? इस्पाइडर म्यान भन्छ क्यारे । त्यो कति अलौकि छ । चिनियाहरु कुम्फुमा विश्वास गर्छन । हेर्दा कति सरल छ । कति सिम्पल छ । यसले के जानेको छ ? जस्तो लाग्छ । त्यसमा अथाह पावर छ । हामी चाइनिजलाई यसले के जानका छन् भन्छौं । आफुलाई सर्वज्ञान सम्पन्न ठान्छन् । उनीहरु सामुहिकतामा विश्वास गर्दछ । तपाईको त्यो आफु के–के न हुँ भन्ने दम्भ छनि त्यसले केहि गर्दैन । हेर्दाखेरी लाटो बुजु्रक जस्तो लाग्छ ।
चिनियाहरु यस्ता केहि सर्टेन गुणहरु छन् । यहि कारणले चीनीया आजको दुनियामा शक्तिशाली भन्दै गइरहेको छ। चीनीयाहरुले आज जुन दिलस्पी परिवर्तन गरेको छ । यसले ३० बर्षसम्म निरन्तर डबल डिजिटमा फड्को मारिरहेको छ । इतिहासमा दुनियाँको मुलुकमा कहि भएको छ ।
चीनमा पहिले जुन नीति थियो । तिमीसंग जे जति पैसा छ । लगानी गर उत्पादन बाहिरी मुलुकलाई बेच । त्यो गर्दा गर्दा उनीहरुले तीन त्रिलियन डलर जम्बा गरे । यसले पूँजीवादी बजारमा संकुचित हुन थाल्यो । फाइनान्सिल क्राइसेस आयो । यसबाट चीनीयाले पाठ सिक्दै पहिला आन्तरिक बजारलाई उपयोग गर्ने । हिजोको विधि पनि मोर इनोभेटिप इकनोमीतिर जाने । अब बाहिरतिर मात्र सप्लाई गर्ने होइन, आन्तरिक बजारमा खपत गर्ने र जनताको जीवनस्तर उठाउने ।
यस अर्थमा चिनियाहरु सिजिङपिङ थटमा लागि परेका छन् । पिपुल डेम्लभमेन्ट थट भन्छन नि ? पहिला जनताको क्रयशक्ति वृद्धि गर्ने । गरिबी घटाउने भन्ने छ । चीनमा अहिले एक करोड जनता गरिबीको रेखामुनि छ । त्यसलाई यसैबर्षभित्र खतम गर्नेमा लागेका छन् । चिनियाले ८० को दशकमा जुन किसिमको जिडिपी थियो । सन् २०२० सम्मको जिडिपि लक्ष्य पुरा गरिसकेको छ । चीनीयाहरुको लक्ष्य मनगणन्ते छैन । उनीहरु जुन लक्ष्य राख्छन् त्यसलाई पुरा गर्न मिहिनेत गर्छन ।
हाम्रोमा कुनै पनि योजनामाथि विश्लेषण हुँदैन । एकैपटक योजना पेस गर्ने र कार्यान्वयन गर्ने चरणमा जान्छ । त्यसमा स्रोतले धान्छ कि धान्दैन ? निर्धारित समयमा सकिन्छ सकिदैन ? हाम्रो क्षमताले धान्छ कि धान्दैन ? कुनै लेखाजोखा हुँदेन । यो हाम्रो दुर्भाग्य हो । हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । तुलनात्मक विचारहरुको अभाव नै समस्या जस्तो लाग्छ ।
बि आर आइ के हो ?
हिजोको वल्ड अडर जुन थियो । त्यसलाई कोलोनियल इराको अवस्था भनिन्छ । यसलाई अर्थशास्त्रमा जिरो संकेत अवस्था भनिन्छ । हाम्रो भाषामा भन्ने हो भने चाकाचुली जस्तो नाफा जति एउटालाई जान्छ । घाटाजति आरुलाई । अल्पविकसित मलुलकलाई घाटा अनि नाफा जति विकसित मुलुकम जम्मा हुने । पेरिफेरीका मुलुकहरु सबै घाटा खाने लाभ जति सबै पूँजीबाट सेन्टर जम्मा हुने । अहिले चीनीयाहरु के भन्दै छन् भने त्यो मोडेलले स्थायीत्व दिदैन। । अवको बिश्वको आर्थिक व्यवस्था वीन वीन फिलोसफिभित्र हुनुपर्छ । यो नै बि आर आइ हो ।
चाइनाले वि आर आइ कन्टेन्टलाई तीन सेक्टरमा अगाडि सारेको । पहिलो यसमा म विस्त्रितमा जना चाहन्न । एक्टेसिप कन्सर्नटेसन बिज्ञसंग होइन । यसको अर्थ चीनले तयार गर्यो । चिनले इनिशिएटिप लिएको कारण चीनले डिटेक्ट गर्ने । प्रोगाम आइडेन्टिफाई गर्दा सम्बन्धित पक्षसंग एक्टेसिप कन्सर्नटेसन गर्ने ।
दोस्रो यो प्रीलथ होइन शेयरिङ अनलथ हो । तेस्रो शेयरीङ बेनिफिटमा जाने । बिश्वले अब यी तीन पक्षलाई आत्मसाथ गर्नु पर्छ जस्तो लाग्छ ।
भर्खरै चीनीया विदेशमन्त्रीले नेपाल भ्रमणको बेला भनेका छन् । तिमिहरुले प्राथमिकरुपले छानेको योजनामा चीन सहायोग गर्न तयार छ । यसको अर्थ केहो भने तपाँइको खुट्टाको साइज कत्रो छ ? भन्नोस हामी जुत्ता पठाइदिन्छौ ।
तर, हामीलाई यो वीचमा के भनिदेै छ भने चीनबाट सामान आउन अप्ठ्यारो छ । टाढा छ । बढि कस्ट लाग्छ । पैसा पनि तिर्नु पर्छ । बरु हामीसंग जुत्ता छ । खुट्टाचाहि काट्नु पर्छ है । भन्ने किसिमले परामर्श दिन आइसकेका छन् । पैसा नतिरीकन तेरो घरसम्म सामान ल्याइदिन्छौं । चाइना किन जान पर्यो भनेर परामर्श दिन थालेका छन् । तर यसमा के बुझ्नु पर्छ भने यो विषय भनेको अलक अलक पक्ष हो । अलक अलक पाक्षबाट आफ्नो पोजिसन लिन हामी सक्षम छौ.। अब हामी त्यति हुस्सु छैनौं । हामी नाकाबन्दी जस्तो अप्ठ्यारा परिस्थितिमा पनि पछि नहटेको मानिस हौं ।
(जनवादी गणतन्त्र चीनका लागि पूर्व राजदुत टंक कार्कीले राजधानीको एक अन्तर्किया कार्यक्रमा व्यक्त विचारको सम्पादित अंश)
प्रतिकृया लेख्नुहोस्: