Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

टिकापुर घटनाका झुट्टा मुद्दा खारेज हुन्छन्ः प्रचण्ड

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्व प्रधामन्त्रीसमेत रहेका प्रचण्डले कैलालीको टिकापुर घटनाका झुट्टा मुद्दा खारेज हुने बताएका छन् । उनले सरकारमा यसबारे छलफल भइरहेको जानकारी पनि दिए । अध्यक्ष प्रचण्डले थारु समुदायलाई छुट्टै पहिचान दिलाएको बताए ।

सुनसरीको झुम्कामा आयोजना गरिएको जितिया महोत्सवलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको बताए । यस अघिका सरकारले छुट्टै थारु आयोग बनाएका थिएनन्, थारु समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए ।

महोत्सवमा बोल्ने थारु अगुवाहरुले संसद रेशम चौधरी जेलमा बस्नु परेकोमा विरोध गरेका थिए । यस्तो विरोधलाई साम्य पार्दै प्रचण्डले जनताबाट निर्वाचित संसदहरु ससम्मान जेलमुक्त हुने आश्वासन दिएका छन् ।

उनले मुलुक एकात्मक राजतन्त्रबाट संघिय लोकतान्त्रिक गणतन्त्रमा गएकोले यसलाई थारु समुदायले उपलब्धीको रुपमा लिनु पर्ने बताए । ‘हिजोका निरंकुश राजामहाराजाहरु पर्दापछाडी बसेर खेले खेल्न खोजेका छन् त्यसलाई छुट दिन सकिँदैन,’ उनले भने ।  समानुपातिक व्यवस्थाले थारुहरुको संसदमा बढी भन्दा बढी प्रतिनिधित्व भएको उनको भनाई थियो । उनले सामाजिक न्यायसहितको संविधानले सबैको हित गर्ने बताए । यस्तो संविधानकै कारण आज राष्ट्र मुलभूत रुपमा एकताबद्ध भएको बताए । संविधान दिवसमा कालोझण्डा देखाउनेहरुलाई जवाफ दिंदै प्रचण्डले यो सहमतिको दस्तावेज हो फेरि पनि आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संसोधन गर्न सकिने बताए ।

\"\"

आफूले नेतृत्व गरेको जनयुद्धमा थारु समुदायको अग्रणी भूमिका रहेको प्रचण्डले स्मरण गरे । उनले भने–थारु समुदाय राष्ट्र निर्माणको पक्षमा इतिहासदेखि नै अग्रणी स्थानमा छ । तराईमा थारु लगायत मधेसीहरुले मनाउदै आएको जितिया पर्वको शुभकामना दिंदै प्रचण्डले नेपाल भौगोलिक रुपमा सानो भएपनि जातीय र साँस्कृतिक रुपले ठुलो भएको बताए । उनले यसमा हामी सबैले गर्व गर्नु पर्ने बताए ।

महोत्सवलाई पार्टीका स्थायी कमिटि सदस्य एवम् प्रदेश १ इन्चार्ज भीम आचार्यले थारु जाति जहिल्यै पनि राष्ट्रिय एकताको रक्षा गर्नमा अग्रपंक्तिमा रहेको बताए । संघिय संसदसमेत रहेका आचार्यले थारु समुदायले उठाइरहेको संविधान संसोधनको मुद्दालाई पार्टी र संसदमा छलफलको विषय बनाउने आश्वासन दिए ।

त्यसैगरी कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरीले जितियाको चर्चा गर्दै उत्पादनमुलक आर्थिक क्रान्तिले मात्र मुलुको समृद्धि हुने बताइन् । जितिया महोत्सवमा बोल्ने थारु अगुवाहरुले संविधान संसोधनको कुरा उठाएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy