Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

दसैंमै सकिन्छ वर्षभरिको खर्चको एकतिहाइ, यसपालि ८ खर्ब नगद खर्चिने

काठमाडौं । सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो। यसपालि झन्डै २४ खर्ब पुग्ने अनुमान छ। दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ। तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ। जस्तो– आफ्नै उत्पादन, सरसामान आदि। ६० प्रतिशत भने पैसै चाहिन्छ। यसरी हेर्दा यो दसैंमा ५ खर्ब रुपैयाँ प्रवाह हुनेछ।

‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन। घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछासुसमेत बुझिन्छ। कुल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ।’

दसैं आयो। बजारमा चहलपहल बढेको छ। किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत सरसामान खपत हुन्छन्।

सार्वजनिक सवारीसाधन, होटलररेस्टुरेन्ट, एयरलाइन्सको व्यापार पनि बढ्छ। चाडपर्व केन्द्रित विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ ल्याएका छन्।

‘दसैं व्यापारले वर्षभरिको व्यापार चक्रलाई ठूलो भरणपोषण गर्छ,’ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० का सचिव अनुपकुमार बराल भन्छन्। टिकाउ वस्तुहरू फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तामा दसैं अफर पर्खने बानी परेको छ। इन्टरनेट सेवा प्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवा प्रदायक तथा होटलररेस्टुरेन्टले पनि दसैं लक्षित प्याकेज ल्याएका छन्।

दसैंले बजार गुलजार बनाउने भएकाले फूलपातीअघिसम्म विक्रेताले छुट र उपहारका विविधि स्किम ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेका छन्। उपत्यका र बाहिरका पुराना बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैं केन्द्रित किनमेलको चाप बढ्दो छ।

दसैंमा आफ्नो उत्पादन उपहार दिने चलन पनि छ। जसले गर्दा ड्युरेबल्सको खपत बढ्दो छ। ‘पहिले–पहिले सम्भ्रान्तले मात्र घरपरिवार र आफन्तलाई सवारीसाधन, गरगहनालगायत उपहार दिने चलन थियो,’ मेरिगोल्ड ज्वेलर्सकी प्रोपाइटर ज्योत्सना श्रेष्ठ भन्छिन्, ‘नेपालीको आयस्तर र क्रयशक्ति वृद्धि भएसँग मध्यम वर्गमा पनि यो संस्कार बढोत्तरी भएको छ।’ नेपाली समाजमा सामान्य आय हुने व्यक्तिहरुले पनि लत्ताकपडा, गच्छेअनुसार गरगहना उपहार दिन थालेका छन्।

ज्वेलरी व्यवसायीका अनुसार बढी गरगहनाको व्यापार हुने समय तिजदेखि तिहारसम्म हो। गैरआवासीय नेपाली दसैं मनाउन आउने, वैवाहिक कार्यक्रमसमेत हुने कारणले गर्दा गरगहनाको व्यापार बढी हुने श्रेष्ठ बताउँछिन्।

महँगीले बजार सुस्त

दसैं नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा मूल्यवृद्धि (उपभोक्ता मुद्रास्फिति) ६।९५ प्रतिशत छ। मौद्रिक नीतिले मुद्रास्फिति ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखे पनि चालु आवको पहिलो महिनामै लक्ष्यभन्दा झन्डै १ प्रतिशत बिन्दुले माथि गएको छ। ‘अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार पनि मूल्य बढ्दा माग घट्छ,’ अर्थशास्त्री आचार्य भन्छन्, ‘उदाहरणका लागि खसीको मासु प्रतिकेजी १३०० रुपैयाँ छ भने प्रतिकेजी ८०० रुपैयाँ हुँदा १० केजी खपत गर्नेले ६–७ केजी मात्र खपत गर्छ। किनकि उपभोगको निर्धारण खर्च क्षमताबाट हुने हो।’

मूल्य बढ्दा बजारमा माग घट्ने भएकाले बजार सुस्त हुन्छ। व्यवसायीहरू मूल्यवृद्धिको असरले दसैं बजार विगतभन्दा केही सुस्त भएको स्विकार्छन्। गत वर्ष मुद्रास्फिति ४.२ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार चालु वर्षमा खाद्य, पेय पदार्थ, गैरखाद्य वस्तु र सेवाको समेत मूल्य बढेकाले मुद्रास्फिति लक्ष्यभन्दा माथि गएको जनाएको छ। दसैंमा ग्रामीण क्षेत्रमा समेत घरायसी उत्पादित सामग्रीमात्र नभएर बजारमा उपलब्ध वस्तुको खरिद बढी हुने भएकाले महँगीले सबैलाई असर पार्ने बताइएको छ। गैरखाद्यवस्तुको समेत मूल्यवृद्धिले सबैलाई महँगीको असर पारेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE