Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

सरकारमाथि कांग्रेसका १० प्रश्न, लोकतन्त्रदेखि सुशासनसम्मका विषयमा जवाफ माग

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, सुशासन, प्रेस स्वतन्त्रता र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको भन्दै सरकारसँग १० बुँदे सार्वजनिक जवाफ माग गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारका पछिल्ला निर्णय र गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै व्यवहारबाटै जवाफ दिन सरकारलाई चुनौती दिए।

कांग्रेसले उठाएका मुख्य प्रश्नहरूमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप, विपक्षी दलका नेतामाथि राज्य शक्तिको प्रयोग, राहदानी (पासपोर्ट) खरिद प्रकरणमा पारदर्शिताको अभाव, सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता, विदेशस्थित राजदूत नियुक्तिमा भएको ढिलाइ, गृहमन्त्रीसँग जोडिएको प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक नगरिनु, मन्त्रीहरूको अभिव्यक्ति र व्यवहार तथा सुनसरी र मधेसका घटनाको छानबिनका लागि न्यायिक आयोग गठन नगर्नुको कारण समेटिएका छन्।

कांग्रेसले सरकारले प्रेस स्वतन्त्रतालाई दबाउने, प्रश्न उठाउनेहरूको आवाज रोक्ने र विपक्षी दलप्रति असहिष्णु व्यवहार देखाएको आरोप लगाएको छ। साथै, संविधान र कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै सरकार स्वयं कानुनी सीमाभित्र रहनुपर्ने धारणा राखेको छ।

प्रवक्ता चालिसेले सुशासनको नारा दिने सरकारले भ्रष्टाचारका आरोपमा पारदर्शी ढंगले काम गर्न नसकेको दाबी गर्दै राहदानी खरिद प्रकरणलगायत विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए।

त्यस्तै, विदेशस्थित राजदूतहरूलाई फिर्ता बोलाएपछि लामो समयसम्म नयाँ नियुक्ति हुन नसक्नु कूटनीतिक कमजोरी भएको कांग्रेसको टिप्पणी छ। गृहमन्त्रीसँग जोडिएको विवादमा बनेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी पुन: जिम्मेवारी दिइनु पनि शंकास्पद रहेको पार्टीको भनाइ छ।

कांग्रेसले सुनसरी र मधेसमा भएका साम्प्रदायिक तथा सामाजिक तनावका घटनाको छानबिनका लागि सामान्य समिति होइन, उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसले सरकारका नियुक्ति प्रक्रिया, सुशासनको अवस्था र कूटनीतिक निर्णयहरूमा राजनीतिक प्रभाव बढेको दाबी गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ लैजान सक्ने चेतावनी दिएको छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending