नुवाकोट । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा उहाँले काङ्ग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । “काङ्ग्रेस गुटरहित र एकढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन सक्दैन”, उहाँले भन्नुभयो । महामन्त्री कोइरालाले वर्तमान सरकारले मुलुकलाई सङ्कटमा पार्न खोजेको आरोप लगाए ।
काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले नागरिक स्वतन्त्रतालाई हनन गर्न खोजेको बताए । “ज्ञानेन्द्र शाही नागरिक हुन्, उनको जुनसुकै ठाउँमा हिँड्ने र बोल्ने अधिकार सरकारले कुण्ठित गरेको छ”, उहाँले भने । वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उहाँको आरोप थियो ।
काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले वर्तमान सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सरकारले पूरा गर्न नसकेको उहाँको भनाइ थियो । काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले दुई चरणको जागरण अभियानले पार्टी कार्यकर्तामा ऊर्जा थपिए पनि गुटउपगुट अन्त्य भएमात्र पार्टी बलियो हुने बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: